काठमाडौं। रौतहटको चन्द्रनिगाहपुरस्थित बैंकको रकम लुट्न मुख्य योजनाकारलाई प्रहरीले पोखरामा पक्राउ गरेको छ। मुख्य योजनाकार पूर्व माओवादी कार्यकर्ता चन्द्रनिगाहपुरकै सुशील दुलाललाई कास्की प्रहरीले पक्रेको हो। मंसिर २ गते रौटहट चन्द्रनिगाहपुरको एसबिआई बैंकबाट २० लाख र वैशाख १५ गते पोखराको मेगा सहकारीबाट ३१ लाख रुपैयाँ लुटेर फरार दुलाललाई आइतबार लेकसाइडबाट पक्रेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
एक तलामाथिको सहकारी कार्यालयबाट पैसा लिएर भर्याङबाट ओर्लनासाथ गार्डलाई समातेर उनको आँखामा पट्टी बाँधी पैसाको झोला खोसेका थिए। यती बैंकका गार्ड गोविन्द थापाकै पछिपछि आइरहेका बैंक कर्मचारी भगवान बराललाई लगत्तै लुटेराले गोली हानेका थिए। चन्द्रनिगाहपुरमा भने नजिकैको एसबिआइ बैंकबाट रकम लिएर फर्किंदै गरेका इन्फ्रास्ट्रचर डेभ्लोप्मेन्टका गार्डलाई गोली प्रहार गरी पैसा बोकेको ब्याग बोकेर भागेका थिए।
वसन्तसँगै घटनामा संलग्न अर्का आरोपी रोल्पाका विजय केसी पनि फरार छन्। रौतहटमा बैंक लुट्दाकै दिन सिन्धुली घर भएका नारायण राई भने समातिएका थिए। बैंकबाट पैसा लुटेर भाग्दै गर्दा वसन्तले बोकेको पेस्तोल अचानक पड्किएर घाइते भएका राई बाटोमै प्रहरी फन्दामा परेका थिए। उनकै बयानका आधारमा प्रहरीले अरुलाई पक्रन सफल भएको हो।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण