काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो चार महिनामा ४२ जना बलात्कृत भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले आइतबार काठमाडौं, ललितपुर र भक्तपुरको आपराधिक घटनाको विवरण सार्वजनिक गर्दै महिला तथा बालबालिका सम्बन्धी उजुरीमा बलात्कार सबैभन्दा माथि भएको जनाएको छ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार चार महिनामा महिला तथा बालबालिका सम्बन्धी ९५ वटा घटना प्रहरीसम्म आइपुगेको छ।
उपत्यकामा चार महिनाको अवधिमा ९ जनालाई बलात्कार प्रयास भएको घटना प्रहरीसम्म पुगेको छ। २५ वटा बहुविवाह, १६ वटा मानव बेचबिखन र ३ वटा अप्राकृतिक मैथुनसम्बन्धी घटना प्रहरीमा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकमा काठमाडौं उपत्यकामा वार्षिक ६ हजार आपराधिक घटना प्रहरीसम्म आइपुग्छ। कात्तिकमा प्रहरीमा १ सय ५० आपराधिक घटनाबारे जानकारी आएको थियो। जसमा चोरी दोस्रो नम्बरमा छ। संख्याको आधारमा सवारी दुर्घटना पहिलो नम्बरमा छ।
आयुक्त कार्यालयले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको अपराध तालिकाअनुसार यो बीच उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा १ सय ५० वटा चोरी घटना भएका छन्। कात्तिकमा ६१ वटा चोरीका घटना भएका छन् । मंसिर पहिलो साता २१ वटा चोरी घटना प्रहरीसम्म आएको छ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण