लन्डन । इ मिडिया हब युकेको आयोजनामा बेलायतमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुने भएको छ । आगामी २७ जनवरीदेखि युकेका विभिन्न स्थानमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा नेपालकी चर्चित गायिका मिलन अमात्यसहित बेलायतमै रहेकी गायिका ममता गुरुङ र एभरेष्ट आइडल युके २०१७ का विजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई एवं सुमी राईसहित अन्य कलाकारहरुको प्रस्तुति रहने इ मिडिया हब युकेका कार्यक्रम संयोजक एवं इन्टरटेनमेन्ट प्रमुख किसन राईले जानकारी दिएका छन् ।
‘हामी दर्शकहरुलाई कसरी उत्कृष्ट कार्यक्रम पस्कन सकिन्छ भन्नेमा केन्द्रित रहेर तयारी गरिरहेका छौं । यो फिल्डमा एक पटकको लागि होइन, पटक पटक दर्शकबीच पुग्नुपर्छ, त्यही भएर पनि हामीले आयोजना गर्ने कार्यक्रम उत्कृष्ट हुन जरुरी छ’- राईले भने ।
पहिलो कार्यक्रम अल्डरसटको एम्पाएर हलमा २७ जनवरी साँझ ६ बजे देखि शुरु हुनेछ । कार्यक्रममा गायक नोर्देन तेन्जिङ र गायक तथा संगीतकार बिसी राई समेत अतिथि रहने छन् ।
दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा २ फेब्रुअरी शुक्रबार सांझ गर्ने तयारी छ भने तेश्रो कार्यक्रम १० फेब्रुअरीमा आसफोर्ड केन्टको क्रिस्चियन फेलोशिप चर्च हल र चौंथो १८ फेब्रुअरीमा उलवीचस्थित द ट्रामसेड थियटर हलमा तय भएको आयोजकले जनाएका छन् । अन्य स्थानहरुमा समेत कार्यक्रम गर्ने योजना छ ।
गायिका मिलन अमात्यले आफ्नो लोकप्रिय गीतहरु गाला रातै, आशैको गुलेलीमा, ठेकीमा दही, जहिलेसम्म, सिरिमा सिरी, यो के हो माया जस्तै लगायत थुप्रै हिट नम्बर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने छिन् ।
ममता गुरुङ र एभरेष्ट आइडलका विजेताहरुको पनि उस्तै बेजोड प्रस्तुति रहने आशा गरिएको छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु