लन्डन । इ मिडिया हब युकेको आयोजनामा बेलायतमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुने भएको छ । आगामी २७ जनवरीदेखि युकेका विभिन्न स्थानमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा नेपालकी चर्चित गायिका मिलन अमात्यसहित बेलायतमै रहेकी गायिका ममता गुरुङ र एभरेष्ट आइडल युके २०१७ का विजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई एवं सुमी राईसहित अन्य कलाकारहरुको प्रस्तुति रहने इ मिडिया हब युकेका कार्यक्रम संयोजक एवं इन्टरटेनमेन्ट प्रमुख किसन राईले जानकारी दिएका छन् ।
‘हामी दर्शकहरुलाई कसरी उत्कृष्ट कार्यक्रम पस्कन सकिन्छ भन्नेमा केन्द्रित रहेर तयारी गरिरहेका छौं । यो फिल्डमा एक पटकको लागि होइन, पटक पटक दर्शकबीच पुग्नुपर्छ, त्यही भएर पनि हामीले आयोजना गर्ने कार्यक्रम उत्कृष्ट हुन जरुरी छ’- राईले भने ।
पहिलो कार्यक्रम अल्डरसटको एम्पाएर हलमा २७ जनवरी साँझ ६ बजे देखि शुरु हुनेछ । कार्यक्रममा गायक नोर्देन तेन्जिङ र गायक तथा संगीतकार बिसी राई समेत अतिथि रहने छन् ।
दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा २ फेब्रुअरी शुक्रबार सांझ गर्ने तयारी छ भने तेश्रो कार्यक्रम १० फेब्रुअरीमा आसफोर्ड केन्टको क्रिस्चियन फेलोशिप चर्च हल र चौंथो १८ फेब्रुअरीमा उलवीचस्थित द ट्रामसेड थियटर हलमा तय भएको आयोजकले जनाएका छन् । अन्य स्थानहरुमा समेत कार्यक्रम गर्ने योजना छ ।
गायिका मिलन अमात्यले आफ्नो लोकप्रिय गीतहरु गाला रातै, आशैको गुलेलीमा, ठेकीमा दही, जहिलेसम्म, सिरिमा सिरी, यो के हो माया जस्तै लगायत थुप्रै हिट नम्बर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने छिन् ।
ममता गुरुङ र एभरेष्ट आइडलका विजेताहरुको पनि उस्तै बेजोड प्रस्तुति रहने आशा गरिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’