काठमाडौं। एक नेपाली युवाले दस वर्षअघि सुनामीमा मृत्यु भएका बुबाको अस्थि पत्ता लगाएका छन्। ती युवाका पिता सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीमा परि बेपत्ता थिए।
बैंकक पोस्टका अनुसार पाङन्गा प्रान्त प्रहरीले नेपाली युवाले त्यस क्षेत्रमा पुगेर पिताको शव उत्खनन गर्ने कार्य गरेको बताएका छन् । मृत्यु भएका नेपाली को हुन् भन्ने केही खुलाइएको छैन।
थाइल्यान्डमा मात्रै ५ हजारभन्दा बढी मानिसको ज्यान लिएको विध्वन्सात्मक सुनामी हुँदा ती युवा नौ वर्षका थिए। ती युवकले स्थानीय अधिकारीसँग सम्पर्क गरी आफ्नो डिएनए उपलब्ध गराएका थिए। उनको डिएनएसँग मिल्ने चिहान खनेर अस्थि बाहिर निकालिएको थियो।
पहिचान नभएको शव परिवारका सदस्यहरुलाई बुझाउन गठन गरिएको सुनामी मेमोरियल फाउन्डेसनले सो स्थानमा अझै ३ सय ८२ वटा शवको पहिचान खुल्न नसकेको बताएका छन्। पछिल्लो दस वर्षमा ४८ वटा शव पहिचान गरेर परिवारको सदस्यलाई बुझाइएको सो संस्थाले जनाएको छ।
डिसेम्बर २६ का दिन विध्वसंकारी सुनामीले हिन्द महासागर आसपास रहेको क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। सुनामीमा करिब २ लाख ३० हजारभन्दा बढी मारिएका थिए ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम