काठमाडौं। एक नेपाली युवाले दस वर्षअघि सुनामीमा मृत्यु भएका बुबाको अस्थि पत्ता लगाएका छन्। ती युवाका पिता सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीमा परि बेपत्ता थिए।
बैंकक पोस्टका अनुसार पाङन्गा प्रान्त प्रहरीले नेपाली युवाले त्यस क्षेत्रमा पुगेर पिताको शव उत्खनन गर्ने कार्य गरेको बताएका छन् । मृत्यु भएका नेपाली को हुन् भन्ने केही खुलाइएको छैन।
थाइल्यान्डमा मात्रै ५ हजारभन्दा बढी मानिसको ज्यान लिएको विध्वन्सात्मक सुनामी हुँदा ती युवा नौ वर्षका थिए। ती युवकले स्थानीय अधिकारीसँग सम्पर्क गरी आफ्नो डिएनए उपलब्ध गराएका थिए। उनको डिएनएसँग मिल्ने चिहान खनेर अस्थि बाहिर निकालिएको थियो।
पहिचान नभएको शव परिवारका सदस्यहरुलाई बुझाउन गठन गरिएको सुनामी मेमोरियल फाउन्डेसनले सो स्थानमा अझै ३ सय ८२ वटा शवको पहिचान खुल्न नसकेको बताएका छन्। पछिल्लो दस वर्षमा ४८ वटा शव पहिचान गरेर परिवारको सदस्यलाई बुझाइएको सो संस्थाले जनाएको छ।
डिसेम्बर २६ का दिन विध्वसंकारी सुनामीले हिन्द महासागर आसपास रहेको क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। सुनामीमा करिब २ लाख ३० हजारभन्दा बढी मारिएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते