लन्डन । बुद्ध फाउण्डेशन यूकेको शनिबार सम्पन्न पहिलो अधिवेशनले नयां पूर्ण कार्यसमिति चयन गरेको छ । गेसो हल प्लमस्टिडमा सम्पन्न अधिवेशनले तदर्थ समिति विघटन गर्दै दीपक श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयां पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षहरुमा सचिन श्रेष्ठ, एभरेष्ट गौतम र हरिश ज्ञवाली, महासचिवमा अर्जुन कटुवाल, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल र सह-कोषाध्यक्षमा धनराज मल्ल चुनिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, महेन्द्र विक्रम कुंवर, निरन्जन खड्का, विकास नेपाल, बर्मा खनाल, गणेश खड्का, मन्जु भट्ट, सूर्य गुरुङ र सिमी पुन चुनिए ।
पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले नयां कार्यसमिति घोषणा गरेको थियो । संयोजक भट्टराईले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएका थिए । निर्वाचन मण्डलमा अर्क तिम्सिना र नरेन्द्र कंडेल सदस्य थिए ।
अधिवेशनमा समाजसेवीहरु मोहन गुरुङ, श्रीचन्द्र गुरुङ, सुशील प्रजापति, सहदेव गिरी, कुमार श्रेष्ठ लगायत अतिथीहरुले शुभकामना मन्तब्य दिए ।
यसअघि पहिलो चरणमा फाउण्डेशनका महासचिव गणेश खड्का र अध्यक्ष दीपक श्रेष्ठले संस्थाका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
‘पावर पोइन्ट’ प्रिजेन्टेसन दिंदै अध्यक्ष श्रेष्ठले फाउण्डेशनले कपिलवस्तु समाज यूके र एनआरएनए यूकेको सहकार्यमा कपिलवस्तुमा वुद्ध वृद्धाश्रम निर्माण गरिरहेको जनाए । उनले गत वर्ष ट्राफलगर स्क्वायरमा भव्य रुपमा बुद्ध जयन्ती मनाइएको, वृद्धाश्रम निर्माण सहयोगार्थ प्लमस्टिडमा च्यारिटी कार्यक्रम गरिएको र संस्थाको तर्फबाट केही खेलकुद प्रतियोगितामा सहभागी गराइएको समेत उल्लेख गरे ।
उनले फाउण्डेशनले आगामी २१ जनवरी दिउसो उलवीचमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेको विशेष आतिथ्यमा निशुल्क बुद्ध सम्वन्धि प्रवचन गर्न लागेको पनि जानकारी दिएका थिए ।
तस्विर- शिव भण्डारी
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण