लण्डन । हाल बेलायत भ्रमणमा रहेका इजरायलका लागि पूर्व नेपाली राजदूत प्रल्हाद प्रसाइँलाई हाङ्गपाङ्ग समाज युकेले स्वागत गरेको छ । लण्डनस्थित साउथ राइस्लिपमा आइतबार भएको एक कार्यक्रममा समाजले प्रसाइँ र उनकी श्रीमतीलाई स्वागत गरेको हो ।
समाजका उपाध्यक्ष यमबहादुर आङ्गबुहाङ्गले समाजका तर्फबाट प्रसाइँ दम्पत्तिलाई खादा लगाइदिए भने समाजका सरला सुब्बा र कुलबहादुर याक्सोले फूल तथा उपहार प्रदान गरे ।
समाजका महासचिव टेकबहादुर खपाङ्गीमगरको संचालनमा भएको सो कार्यक्रममा उपाध्यक्ष आङ्गबुहाङ्गले हाङ्गपाङ्ग जस्तो दुर्गम गाउँमा जन्मेर परराष्ट्र सेवाको विशिष्ट श्रेणीमा पुगी प्रसाइँले जन्मथलोको इज्जत राखेको बताए । यस्तै, प्रसाइँले विभिन्न देशका विभिन्न ठाउँमा बसे, घुमे पनि जन्मथलो जस्तो प्यारो र अविस्मणीय ठाउँ अरु नपाएको बताए ।
प्रसाइँले गाउँकै सरस्वती माध्यमिक विद्यालयमा पढेका थिए । उनले सोही विद्यालयमा ११ वर्ष अध्यापन गराइ परराष्ट्र सेवामा प्रवेश गरेका थिए । ३३ वर्ष परराष्ट्र सेवामा बिताइ उनी गत वर्ष निवृत्त भएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा