लण्डन । हाल बेलायत भ्रमणमा रहेका इजरायलका लागि पूर्व नेपाली राजदूत प्रल्हाद प्रसाइँलाई हाङ्गपाङ्ग समाज युकेले स्वागत गरेको छ । लण्डनस्थित साउथ राइस्लिपमा आइतबार भएको एक कार्यक्रममा समाजले प्रसाइँ र उनकी श्रीमतीलाई स्वागत गरेको हो ।
समाजका उपाध्यक्ष यमबहादुर आङ्गबुहाङ्गले समाजका तर्फबाट प्रसाइँ दम्पत्तिलाई खादा लगाइदिए भने समाजका सरला सुब्बा र कुलबहादुर याक्सोले फूल तथा उपहार प्रदान गरे ।
समाजका महासचिव टेकबहादुर खपाङ्गीमगरको संचालनमा भएको सो कार्यक्रममा उपाध्यक्ष आङ्गबुहाङ्गले हाङ्गपाङ्ग जस्तो दुर्गम गाउँमा जन्मेर परराष्ट्र सेवाको विशिष्ट श्रेणीमा पुगी प्रसाइँले जन्मथलोको इज्जत राखेको बताए । यस्तै, प्रसाइँले विभिन्न देशका विभिन्न ठाउँमा बसे, घुमे पनि जन्मथलो जस्तो प्यारो र अविस्मणीय ठाउँ अरु नपाएको बताए ।
प्रसाइँले गाउँकै सरस्वती माध्यमिक विद्यालयमा पढेका थिए । उनले सोही विद्यालयमा ११ वर्ष अध्यापन गराइ परराष्ट्र सेवामा प्रवेश गरेका थिए । ३३ वर्ष परराष्ट्र सेवामा बिताइ उनी गत वर्ष निवृत्त भएका थिए ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल