काठमाडौ। सरकारका मुख्य सचिव लिलामणि पौडेलले सार्क शिखर सम्मेलन र त्यसअघि उपत्यकामा निर्माण गरिएको भौतिक पूर्वाधारहरुको उचित हेरचाह गर्न निर्देशन दिएका छन्। पौडेलको यस्तो निर्देशन दुई दिने सार्क शिखर सम्मेलन सम्पन्न भएको एक दिन पछि आएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्ताराज सुवेदीका अनुसार काठमाडौं महानगरपालिका, सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल विद्युत प्राधिकरणलाई आफ्नो जिम्मेवारीभित्र पर्ने भौतिक पूर्वाधारको हेरचाह गर्न मुख्य सचिव पौडेलले निर्देशन दिएका हुन् ।
सचिव सुवेदीले भने, ‘मुख्य सचिवले सबैलाई आफ्नो जिम्मेवारी नबिर्सन आग्रह गर्नु भएको छ।’ सरकारले १८ औ सार्क शिखर सम्मेलनअघि काठमाडौं उपत्यकालाई आकर्षक बनाउन मात्रै २ अर्ब रुपैया खर्च गरेको छ।
यसैबीच महानगरपालिकाले सम्मेलनका क्रममा सडकको दाया र बाँया रोपिएका रुख-विरुवालाई जोगाउन दैनिकजसो मलजल गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । सार्कको अवसरमा सडकका दायाँबायाँ कपुर, जापानी चेरी, धूपीसल्ला, पैयूँजस्ता रूख-बिरुवा रोपिएको छ ।
राजधानीका सडक दायाँबाया नौ लाख मुल्यका ५०० गमला, १० लाखका झन्डै दुई हजार साना/ठूला रूख बिरुवा र १३ लाखका ४सय ७५ वटा रूख जोगाउने बार राखिएको छ ।
पहिलेपहिले सडकमा राखिएका गमला र फोहोर फाल्ने भाँडो चोरी भएपनि सार्क सुरुभएदेखि अहिलेसम्म कुनै पनि स्थानबाट एउटा पनि गमला वा फूल चोरी नभएको महानगरपालिकाले जनाएको छ । तर, अबका दिनमा चोरी भएको खण्डमा चोरी गर्नेलाई नेपाल प्रहरीलाई जिम्मा लगाएर चोरी ऐनअनुसार कारबाही गरिने महानगरपालिकाको भनाइ छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ