काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको विषयलाई थाति राखेर भएपनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँग आफ्नै निवास बालकोटमा भेट गर्दै ओलीले त्यस्तो अवस्थामा संघीयता निर्माणको जिम्मा आयोगलाई दिनु पर्ने बताए ।
‘संघीयता विवाद समाधान हुँदैन भने त्यसलाई थाँती राखेर पनि संविधान निर्धारित समयमा जारी गर्नु पर्छ, ओलीले भने, ”माघ ८ गतेपछि व्यवस्थापिका संसदमा रुपान्तरण हुने संविधानसभाले नै संघीयताको विषयलाई अनुमोदन गर्ने छ ।’
तर संघीयता थाती राखेर संविधान जारी गर्ने विषयलाई एकीकृत नेकपा माओवादी, मधेशी केन्द्रीत दलहरु लगायतले यसअघि नै अस्वीकार गरिसकेका थिए ।
कमभन्दा कम प्रदेश निर्माण गरेर जानु पर्ने धारणा राख्दै आएका एमाले अध्यक्ष ओलीले कातिक १६ गते संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नेपाली कांग्रेस र अन्य केही राजनीतिक दलको साझा धारणामा सात प्रदेशको प्रस्ताव गरेका थिए ।
भेटमा ओलीले माघ २२ गतेको समयसीमालाई प्रभावित नगर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने बताए ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण