काठमाडौं। काठमाडौं घोषणा पत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन सम्पन्न भएको छ। १९ औ सार्क शिखर सम्मेलन २ वर्ष पछि पाकिस्तानको इस्लामावादमा हुने घोषणा गरिएको छ। समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो। सदस्य मुलुकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो।
सदस्य मुलुकका मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो। यसपछि सम्मेलनले सार्कको १९ अौँ शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानमा गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजकका रुपमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सबैलाई धन्यवाद ज्ञापन गरे।
समापन समारोहमा फोटो सेसनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते