
प्रधान सेनापति तेस्रो खुल्ला म्याराथन प्रतियोगिता तथा रन फर फन २०७४ को आयोजनासम्बन्धमा नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २८ मंसिर – नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ ।
प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष-महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र-छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोरीले सहभागिता जनाउन पाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
त्यस्तै प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ । फुल म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार, चौथोले रु १५ हजार, पाँचौंले रु सात हजार र छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पाउनेछन् । त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच हजार पाउनेछन् । पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले रु सात हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।
फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता
धनगढी – तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुर कैलालीलाई २–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजक फारवेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ । फारवेष्टको जीतमा भूपेन्द्र बमले ५८ औं र नरेन्द्र सिंहले ७५ औं मिनेटमा एक एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दुई खेल हुनेछन् ।
सोह्र टोलीको प्रतिष्पर्धा रहेको प्रतियोगितामा कैलाली, कञ्चनपुर र दाङ, विभागीय टोली तथा भारतको एक टोलीको पनि सहभागिता रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले एक लाख ५० हजार र पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई रु १० १० हजार पुरस्कार प्रदान गरिनेछ ।
आर्मी फाइनलमा
इटहरी– दुहबको रङ्शालामा जारी दोस्रो दुहबी मनमोहन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जीत निकाल्दै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले रुपन्देही ११ लाई ४–० गोलको गोलअन्तरले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित भए पनि आर्मीका नवयुग श्रेष्ठले खेलको ४९ औं र ५१ औँ मिनेटमा लगातार दुई गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
प्रतिष्पर्धामा नेपाल आर्मीका जर्जप्रिन्स कार्कीले ६८ औं मिनेटमा गोल गरे भने दीप तामाङले खेलको इन्जुरी समयमा आफ्नो टोलीका लागि गोल गर्दै खेल ४–० गोलको फराकिलो अन्तरले जिताए । खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान आफ द म्याच’ घोषित भए । आजका विजेता त्रिभुवन आर्मीले आगामी शनिबार मनाङ मस्र्याङ्गी टोलीसँग फाइनल खेल्नेछ ।
दोस्रो एसिसी स्पोर्टस मिट शुरु
निजी तथा आवासीय विद्यालय समन्वय समिति इटहरीको आयोजनामा आजदेखि दोश्रो एसिसी स्पोर्टस मिट सुरु भएको छ । प्रतियोगितामा इटहरी क्षेत्रका ५० निजी विद्यालयको सहभागिता छ । एक सातासम्म चल्ने सो स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेल प्रतिष्पर्धामा समावेश गरिएका छन् ।
स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्दै बालबालिकाबाट खेलको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने भएकाले यस प्रकारका खेलको आयोजना हुन जरुरी रहेकामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन