काठमाडौं। मलेसियाली प्रहरी प्रमुख तान श्री खालिद अबु बकारले नेपालका पू्र्व सैनिकले मात्रै निजी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्न सक्ने बताएका छन्। यो विदेश कामदारको हकमा मात्रै लागू हुने छ।
‘यो गृह मन्त्रालयले निर्धारण गरेको सर्त हो’ जोहोर बारुमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई बकारले भने ।
उनले पूर्व सैनिकी गार्डको बारेमा थाहा पाउनु भयो भने हामीलाई थाहा दिनुहोला किनभने उनीहरु गैरकानुनी कम्पनीका लागि काम गरेका हुनसक्छन्’ बकारलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
मलेसिया सरकारले १३ हजार नेपाली र १ लाख ६३ हजार मलेसियाली सेक्युरिटी गार्डको रुपमा काम गर्ने गरेको बताएका छन्।
नेपाली सेक्युरिटी गार्डहरुले बैंक, स्कुल र सपिङ मल जस्ता व्यापारिक केन्द्रमा काम गर्दै आएका छन्।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप