लन्डन । नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।
कोइरालाले वित्तीय साक्षरतामा उत्कृष्ट र सरहाहनीय काम गरेकामा उक्त पुरस्कार पाएका हुन् । उनले ट्रफी र २५ सय पाउण्ड नगद पुरस्कार जितेका छन् । बिहीबार लण्डनमा आयोजित एक समारोहमा सेक्योर ट्रष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक र बीबीसी टेलिभिजन नेटवर्कका प्रस्तोता क्लाउडीया विङकलम्यानले संयुक्तरुपमा कोइरालालाई पुरस्कार प्रदान गरेका थिए ।
लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा टेवा पुरयाउने विभिन्न संस्थालाई अवार्डका लागि आव्हान गर्दछन् । लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सको यो वर्षको पुरुस्कारसंगै फाइनान्सियल इन्नोभेसन अवार्डले २० औं वर्ष पार गरेको छ ।
कोइरालाले स्थापना गरेको वित्तीय साक्षरताको क्षेत्रमा काम गर्ने संस्था (फिन्लीट नेपाल) ले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासंग मिलेर वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गरिरहेको छ । जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसाय शुरु गर्न पनि सो संस्थाले सघाउंदै आएको छ । साथसाथै सो संस्थाले ग्रामीण क्षेत्रमा जनतालाई पैसाको मूल्य बुझाएर स्थानीय स्तरमा बांडफांड हुने बजेटमा सहभागी हुन सिकाइ पारदर्शिता र जवाफदेहीतामा पनि जोड दिंदै आएको छ ।
अवार्ड पाएपछि आफ्नो संक्षिप्त प्रतिक्रियामा फिन्लीट नेपालका निर्देशक प्रकाश कोइरालाले भने, ‘यस अवार्डले हामीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिनुकासाथै अरु बढि हौसला मिलेको छ । आगामी दिनमा हामी अरु कटिवद्ध भएर वित्तीय साक्षरता अभिवृद्धि गर्न अनलाइन तथा अफलाइन सामाग्री तयार गरि नेपालको दूरदराजसम्म पुग्नेछौं ।’
दुई वर्षअघि लण्डनमै कोइरालाले ‘युथ फाइनेन्सियल अवेयरनेस अवार्ड’ पाएका थिए । १० डिसेम्बर २०१५ मा हाउस अफ लर्डसमा आयोजित एक समारोहमा भ्यालेरी हावर्थ, व्यारोनेस अफ ब्रेकल्याण्डले उनलाई सो पुरष्कार प्रदान गरेकी थिइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा