लन्डन । नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।
कोइरालाले वित्तीय साक्षरतामा उत्कृष्ट र सरहाहनीय काम गरेकामा उक्त पुरस्कार पाएका हुन् । उनले ट्रफी र २५ सय पाउण्ड नगद पुरस्कार जितेका छन् । बिहीबार लण्डनमा आयोजित एक समारोहमा सेक्योर ट्रष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक र बीबीसी टेलिभिजन नेटवर्कका प्रस्तोता क्लाउडीया विङकलम्यानले संयुक्तरुपमा कोइरालालाई पुरस्कार प्रदान गरेका थिए ।
लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा टेवा पुरयाउने विभिन्न संस्थालाई अवार्डका लागि आव्हान गर्दछन् । लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सको यो वर्षको पुरुस्कारसंगै फाइनान्सियल इन्नोभेसन अवार्डले २० औं वर्ष पार गरेको छ ।
कोइरालाले स्थापना गरेको वित्तीय साक्षरताको क्षेत्रमा काम गर्ने संस्था (फिन्लीट नेपाल) ले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासंग मिलेर वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गरिरहेको छ । जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसाय शुरु गर्न पनि सो संस्थाले सघाउंदै आएको छ । साथसाथै सो संस्थाले ग्रामीण क्षेत्रमा जनतालाई पैसाको मूल्य बुझाएर स्थानीय स्तरमा बांडफांड हुने बजेटमा सहभागी हुन सिकाइ पारदर्शिता र जवाफदेहीतामा पनि जोड दिंदै आएको छ ।
अवार्ड पाएपछि आफ्नो संक्षिप्त प्रतिक्रियामा फिन्लीट नेपालका निर्देशक प्रकाश कोइरालाले भने, ‘यस अवार्डले हामीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिनुकासाथै अरु बढि हौसला मिलेको छ । आगामी दिनमा हामी अरु कटिवद्ध भएर वित्तीय साक्षरता अभिवृद्धि गर्न अनलाइन तथा अफलाइन सामाग्री तयार गरि नेपालको दूरदराजसम्म पुग्नेछौं ।’
दुई वर्षअघि लण्डनमै कोइरालाले ‘युथ फाइनेन्सियल अवेयरनेस अवार्ड’ पाएका थिए । १० डिसेम्बर २०१५ मा हाउस अफ लर्डसमा आयोजित एक समारोहमा भ्यालेरी हावर्थ, व्यारोनेस अफ ब्रेकल्याण्डले उनलाई सो पुरष्कार प्रदान गरेकी थिइन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण