काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दल कांग्रेस र एमालेले नयाँ संविधानको अन्तर बस्तुको बारेमा बनाएको साझा प्रस्तावले वातावरण बिग्रिएको बताएका छन् ।
२२ दलीय मोर्चाले सोमबार नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुका लागि आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले सहमतिको वातावरण बन्दाबन्दै सत्तारढ दलले नौबुँदे प्रस्ताव ल्याएर दलहरुबीच अविश्वासको अवस्था सिर्जना गरेको आरोप लगाए।
‘सहमतिको वातावरण बन्दै गएको थियो, तर अचानक सत्तारूढ दलले नौबँदे प्रस्ताव ल्याएपछि विश्वासको वातावरण बिग्रियो,’दाहालले भने, ‘त्यसमाथि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा ४३ जनाको हस्ताक्षर संकलन गरी बुझाइएपछि थप समस्या भयो ।’
उनले संवाद समितिमा बहुमत सदस्यको हस्ताक्षर बुझाएर सभापति बाबुराम भट्टराईलाई नैतिक संकटमा पारिएको बताए ।
दाहालले २२ दलीय मोर्चाभित्रै सहमति जुट्न नसकेको भन्ने आरोपलाई अस्वीकार गर्दै सहमतिको वातावरण नबिग्रियोस् भनेर मोर्चाले संविधान निर्माणका सम्बन्धमा लिखित रूपमा साझा धारणा नल्याएको बताए ।
सो कार्यक्रममा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानसभा नियमावलीले आफू बाँधिएकाले संविधान लेखन प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन् ।
एमाओवादी नेतासमेत रहेका भट्टराईले दलहरूबीच सहमति नभएसम्म समिति सभापतिका रूपमा आफ्नो कुनै भूमिका हुन नसक्ने बताए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ