
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर महानगरापलिका–१० शान्तिचौकमा आयोजित चुनावी सभामा सहभागी हुँदै । तस्बिर – मनोज दाहाल, विराटनगर, रासस
विराटनगर,४ मंसिर (रासस)- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई -मधेश विरोधी पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।
विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री भएको समयमा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाँले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाउनुभयो ।
अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, कांकरभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण , विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिनुभयो ।
सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गर्नुभएको थियो ।
नेकपा माओवादी (केन्द्र) मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश (२) का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अव बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिनुभएको थियो ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार