काठमाडौं। तीन दिनअघि जाजरकोटको भुर–७ रावतगाउँमा भेरी नदीमा बस खसेर हराइरहेका मध्ये आइतबारसम्म ४७ जनाको शव भेटिएको छ। बिहीबार ७० भन्दा बढी यात्रु लिएर जाजरकोट खलंगाबाट सुर्खेतको राकमका लागि हिँडेको बस बिहीबार बिहान रावतगाउँमा सडकबाट ५० मिटर तल भेरी नदीमा खसेको थियो। बस भेरी नदीमा २५ मिटर तल डुबेको अवस्थामा छ।
दुर्घटनामा बेपत्ताहरूको तीन दिनदेखि खोजी कार्य भइरहेको छ। जाजरकोट प्रहरी, पोखरा र कर्णाली चिसापानीबाट झिकाइएका गोताखोरहरू, सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा भेरी नदीमा डुबेकै अवस्थामा रहेको बसबाट आइतबारसम्म ४७ जनाको शव निकालिएको हो। यसअघि बस दुर्घटना भएकै दिन ५ जनाको शव भेटिएको थियो। बसमा यात्रा गरिरहेका मध्ये १० जना पौडिएर बाँचेका थिए।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण