
प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगिताका विजेता पोखराकी आरती थापा तथा फस्ट रनर अप र सेकेण्ड रनर अपमा विजयी भएका क्रमशः काठमाडौँकी कृष्टिना श्रेष्ठ तथा एन्जी लामा । तस्बिर- नविन पौडेल, रासस
काठमाडौँ, २४ कात्तिक (रासस) – यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् ।
यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए ।
डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट विद्यालय तहको शिक्षा आर्जन गरेकी थापाले प्रिमियर कलेजबाट दश जोड दुई अध्ययन गरेकी छन् । उनले पर्यटन र मोडलिङ क्षेत्रमा जम्ने सानैदेखिको सपना साकार पार्न भविष्यमा यही क्षेत्रमा क्रियाशील हुने राससलाई बताइन् ।
त्यस्तै फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् । पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन् । ताज विजेता थापाले रु ५० हजार तथजा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे ।
अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो । ताज विजेतालाई नेपालस्थित विभिन्न संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा