लन्डन । सन् १९६० मा स्थापित डायस्पोराकै पहिलो नेपाली संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को पृष्ठभूमि सांच्चिकै ऐतिहासिक छ । वरिष्ठ राजनीतिज्ञ पशुपति शम्सेर जबराको अध्यक्षतामा उतिबेला यती जन्मिएको थियो । राणा विद्यार्थीका रुपमा बेलायत थिए । ‘जब यतीको नाम कतैबाट सुन्नमा आउंछ, त्यतिबेला मेरो बेलायतको विद्यार्थी जीवन र प्रदेशिएको युवा अवस्थाको सम्झना मेरो भित्री मनलाई छोएर आउने गर्दछ’, राणाले यती दस्तावेजमा लेखेका छन्, ‘हो यही नेपाली मनलाई बेलायतमा सांचेर नेपालसम्म पुरयाउने सेतुको रुपमा यती एसोसिएसनको जन्म भएको थियो ।’
राणाका अनुसार, उनको अनुरोधमा त्यतिबेला नेपाली कांग्रेसको सरकार र रानी जगदम्बाबाट संस्था सञ्चालनका लागि केही आर्थिक सहयोग पनि भएको थियो । त्यतिबेला इटन कलेजमा अध्ययनरत स्वर्गीय राजा वीरेन्द्रको संरक्षकत्वमा खोलिएको यतीमा महासचिव थिए डा. हेमांग दीक्षित ।
एकताका समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) जस्ता व्यक्तित्वको लामो नेतृत्व पनि यतीले पायो । संस्थामा बेलायतको नेपाली समुदायका कयौं अग्रज अटेका थिए र यसलाई अभिभावक संस्था मान्ने पनि असंख्य थिए । तर, समय बदलिएको छ । अहिले यती संस्थामा विकर्षण यसरी बढ्यो कि यती महासचिव बाचस्पति रेग्मीका अनुसार, गत सप्ताहन्त डाकिएको साधारणसभामा उपस्थिति संख्या १३ मात्र रह्यो । पर्याप्त सूचना दिंदा पनि साधारणसभामा आउने जांगर कसैको रहेन ।
यतीमा अहिले करिब ८० जना साधारण सदस्य र ५१ जना आजीवन सदस्यहरु छन् । चिरन्जिवी ढकाल अध्यक्ष हुंदा संस्था नराम्रोसंग विवादमा तानियो । उमेशराज मोक्तानले केही सुधार गर्न खोजेपनि पिपला देवान अध्यक्ष भएपछि संस्था पुनः विवादित बन्दै सुस्तायो । व्यापक आलोचनाबीच पिपला देवानले बीचमै राजीनामा दिएपछि अस्तिको साधारण सभाले कार्यवहाक अध्यक्ष बनाइएका शशीधर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । साथै पिपला देवानले यती मेडलसहित केही सामान दिन बांकी रहेकाले एक पत्र लेखी बुझबुझारथ गर्न आग्रह गर्ने निर्णय पनि सभाले गरेको छ । यतीले आफ्ना भनाइ स्पष्ट राख्न पिपलालाई पर्याप्त समय दिएर साधारणसभामा डाकेपनि उनी अनुपस्थित रहेको महासचिव रेग्मीले बताए ।
केही अग्रजहरुले यती संस्था हिम मानव जस्तै संग्रहालयमा खोज्नुपर्ने त होइन भन्ने चिन्ता समेत व्यक्त गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता