लन्डन । सन् १९६० मा स्थापित डायस्पोराकै पहिलो नेपाली संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को पृष्ठभूमि सांच्चिकै ऐतिहासिक छ । वरिष्ठ राजनीतिज्ञ पशुपति शम्सेर जबराको अध्यक्षतामा उतिबेला यती जन्मिएको थियो । राणा विद्यार्थीका रुपमा बेलायत थिए । ‘जब यतीको नाम कतैबाट सुन्नमा आउंछ, त्यतिबेला मेरो बेलायतको विद्यार्थी जीवन र प्रदेशिएको युवा अवस्थाको सम्झना मेरो भित्री मनलाई छोएर आउने गर्दछ’, राणाले यती दस्तावेजमा लेखेका छन्, ‘हो यही नेपाली मनलाई बेलायतमा सांचेर नेपालसम्म पुरयाउने सेतुको रुपमा यती एसोसिएसनको जन्म भएको थियो ।’
राणाका अनुसार, उनको अनुरोधमा त्यतिबेला नेपाली कांग्रेसको सरकार र रानी जगदम्बाबाट संस्था सञ्चालनका लागि केही आर्थिक सहयोग पनि भएको थियो । त्यतिबेला इटन कलेजमा अध्ययनरत स्वर्गीय राजा वीरेन्द्रको संरक्षकत्वमा खोलिएको यतीमा महासचिव थिए डा. हेमांग दीक्षित ।
एकताका समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) जस्ता व्यक्तित्वको लामो नेतृत्व पनि यतीले पायो । संस्थामा बेलायतको नेपाली समुदायका कयौं अग्रज अटेका थिए र यसलाई अभिभावक संस्था मान्ने पनि असंख्य थिए । तर, समय बदलिएको छ । अहिले यती संस्थामा विकर्षण यसरी बढ्यो कि यती महासचिव बाचस्पति रेग्मीका अनुसार, गत सप्ताहन्त डाकिएको साधारणसभामा उपस्थिति संख्या १३ मात्र रह्यो । पर्याप्त सूचना दिंदा पनि साधारणसभामा आउने जांगर कसैको रहेन ।
यतीमा अहिले करिब ८० जना साधारण सदस्य र ५१ जना आजीवन सदस्यहरु छन् । चिरन्जिवी ढकाल अध्यक्ष हुंदा संस्था नराम्रोसंग विवादमा तानियो । उमेशराज मोक्तानले केही सुधार गर्न खोजेपनि पिपला देवान अध्यक्ष भएपछि संस्था पुनः विवादित बन्दै सुस्तायो । व्यापक आलोचनाबीच पिपला देवानले बीचमै राजीनामा दिएपछि अस्तिको साधारण सभाले कार्यवहाक अध्यक्ष बनाइएका शशीधर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । साथै पिपला देवानले यती मेडलसहित केही सामान दिन बांकी रहेकाले एक पत्र लेखी बुझबुझारथ गर्न आग्रह गर्ने निर्णय पनि सभाले गरेको छ । यतीले आफ्ना भनाइ स्पष्ट राख्न पिपलालाई पर्याप्त समय दिएर साधारणसभामा डाकेपनि उनी अनुपस्थित रहेको महासचिव रेग्मीले बताए ।
केही अग्रजहरुले यती संस्था हिम मानव जस्तै संग्रहालयमा खोज्नुपर्ने त होइन भन्ने चिन्ता समेत व्यक्त गरेका छन् ।
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न