काठमाडौं। नेपालका बालबालिकाको बेचबिखन कथामा बनेको हलिउड चलचित्र काठमाडौंमा प्रदर्शन शुरु भएको छ।
प्रदर्शनको शुरुवातमा भाग लिन सो चलचित्रमा अभिनय गरेका भारतका प्रसिद्ध कलाकारहरु सीमा विश्वास र सुस्मिता मुखर्जी, ओकार विजेता निर्देशक जेफ्री डी ब्राउन र निर्माता जान चार्ल्सको उपस्थिति थियो।
विशेष प्रदर्शनमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापा र नेपालका लागि अमेरिकी राजदूत पिटर जे बोडेको समेत उपस्थिति थियो ।
नेपालबाट वार्षिक रुपमा १० देखि २० हजारसम्म बालबालिका तस्करी हुने गरेको अनुमान छ। यसरी बेचिनेमा अधिकांश बालिका र किशोरी हुने गरेका छन्। १२ देखि १८ वर्ष उमेरका उनीहरुलाई भारतीय वेश्यालयहरुमा बेचिने गरेको छ। पछिल्लो क्रममा खाडी क्षेत्रका देशहरुमा समेत शुरुवात भएको छ।
जिलियन एन्डरसनको अभिनय रहेको ‘सोल्ड’ भारतको कोलकाताको वेश्यालयमा बेचिएकी १३ वर्षीया लक्ष्मीको कथामा आधारित छ। प्याट्रिसिया म्याक्कोमिकको वेस्ट सेलिङ उपन्यास ‘सोल्ड’माथि ओस्कार विजेता निर्देशक जेफ्री डी ब्राउनले चलचित्र बनाएका हुन् । यो चलचित्रले रोजगारीको झुठो आश्वासनमा बेचविखनमा पुगेकाको अवस्था प्रकाश पारेको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा