काठमाडौं। नेपालका बालबालिकाको बेचबिखन कथामा बनेको हलिउड चलचित्र काठमाडौंमा प्रदर्शन शुरु भएको छ।
प्रदर्शनको शुरुवातमा भाग लिन सो चलचित्रमा अभिनय गरेका भारतका प्रसिद्ध कलाकारहरु सीमा विश्वास र सुस्मिता मुखर्जी, ओकार विजेता निर्देशक जेफ्री डी ब्राउन र निर्माता जान चार्ल्सको उपस्थिति थियो।
विशेष प्रदर्शनमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापा र नेपालका लागि अमेरिकी राजदूत पिटर जे बोडेको समेत उपस्थिति थियो ।
नेपालबाट वार्षिक रुपमा १० देखि २० हजारसम्म बालबालिका तस्करी हुने गरेको अनुमान छ। यसरी बेचिनेमा अधिकांश बालिका र किशोरी हुने गरेका छन्। १२ देखि १८ वर्ष उमेरका उनीहरुलाई भारतीय वेश्यालयहरुमा बेचिने गरेको छ। पछिल्लो क्रममा खाडी क्षेत्रका देशहरुमा समेत शुरुवात भएको छ।
जिलियन एन्डरसनको अभिनय रहेको ‘सोल्ड’ भारतको कोलकाताको वेश्यालयमा बेचिएकी १३ वर्षीया लक्ष्मीको कथामा आधारित छ। प्याट्रिसिया म्याक्कोमिकको वेस्ट सेलिङ उपन्यास ‘सोल्ड’माथि ओस्कार विजेता निर्देशक जेफ्री डी ब्राउनले चलचित्र बनाएका हुन् । यो चलचित्रले रोजगारीको झुठो आश्वासनमा बेचविखनमा पुगेकाको अवस्था प्रकाश पारेको छ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन