लन्डन । जी २१ पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्मित नेपाली चलचित्र ‘दुई रुपैयां’ यूकेका विभिन्न ठाउंमा शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।
आसिफ साहको निर्देशन रहेको सो चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, मेनुका प्रधान, प्रतीक राज नेउपाने, स्वस्तिमा खड्का, निश्चल बस्नेत र आसिफ साह स्वयंको अभिनय रहेको छ । सो चलचित्रको गीत ‘कुटुमा कुटु’ निकै नै चर्चित छ ।
सो चलचित्र अल्डरसटको इम्पायर हलमा शुक्रबार २२ सेप्टेम्बर सांझ ६.३० बजे, फेल्थाम लण्डनको स्प्यारो रेसिडेन्ट क्लवमा २३ सेप्टेम्बर शनिबार दिउसो ३. ३० बजे, उलवीचको लोटस क्लवमा २३ सेप्टेम्बर शनिबार २ः३० बजे, फोल्कस्टनको टावर थियटरमा आइतबार ५ः३० बजे, टनब्रिज स्कुलमा आइतबार दिउसो १ बजे, हयारोको गोल्डेनसीपमा आइतबार १२ः४५ बजे, मेडस्टोन केन्टको इन्भिक्टा पार्क ब्यारेकमा अक्टोबर ६ मा सांझ ६ बजे र टिडवर्थको वेलिङटन एकेडेमीमा १४ अक्टोबर ५ः३० बजे तथा थेम्समिड थियटर ग्रेसमा अक्टोबर २२ सांझ ६ बजे प्रदर्शन हुने बताइएको छ । उक्त फिल्म शो जि ९ इन्टरटेन्मेन्टस र बक्स ३२ ले गरेका हुन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते