काठमाडौँ, ५ भदौ । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गर्नुभयो । यद्यपि परिणाम जस्तो आए पनि यसले संविधानलाई सर्वस्वीकृत तुल्याएको उहाँले उल्लेख गर्नुभयो । नेता नेम्वाङले संशोधनको प्रस्ताव अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताउनुभयो ।
सत्तारुढ नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको भावना सम्बोधन गर्नका लागि काँग्रेसका तर्फबाट फेरि प्रयास हुने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले विधेयकको परिणाममाथि पार्टीको बैठक बसेर आधिकारिक धारणा ल्याइने बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका नेता डा शिवजी यादवले सबैको सहमतिमा प्रस्ताव लैजानुपर्नेमा सरकारले छलफल नगरी लगेको बताउँदै संशोधन अस्वीकृत हुनुमा अन्ततः तीन वटै ठूला दलको मिलेमतो रहेको आरोप लगाउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक