काठमाण्डौ । नेपाली साहित्य विकास परिषद, नेपाल च्याप्टरको वार्षिक साधारण सभा राजधानीमा एक समारोहबीच सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाकी अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह ‘म सांच्चिकै हराइछु’ को विमोचन समेत गरियो ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न सक्नेमा आफू विश्वस्त रहेको बताए । कृतिमाथि समिक्षा गर्दै समालोचक महेश पौड्यालले नियात्रा कृति उत्कृष्ट रहेको भन्दै नारी नियात्राकार अत्यन्त न्यून रहेको अवस्थामा यस्तो सबल पुस्तक नारी हस्ताक्षरबाट आएकोमा प्रशंसा गरे । समारोहमा अर्का समालोचक डा. गोविन्दराज भट्टराईले नियात्रा कृतिले बेलायतको समाज र संस्कृति नेपाली परिवेशसंग तुलना गर्दे लेखिएको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
सो अवसरमा लेखिका भट्टराईले संस्थाले गरेका क्रियाकलाप तथा गतिविधिबारे प्रकाश पारेकी थिइन् ।
उक्त सभामा संस्थाका सल्लाहकार तथा संयोजक वरिष्ठ कवि गोपाल पराजुली, डा. प्रभा कैनी, डा. रेणुका थापा र डा. माधवी भट्टले शुभकामनासहित संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए । साधारण सभामा महासचिव हरिशरण लामिछानेले संस्थाको प्रतिवेदन पेश गरे । साधारण सभाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष मुक्ति घिमिरेले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सत्य निरुपण आयोगका सदस्य माधवी भट्ट, डा. देबीप्रसाद सुबेदी, प्रा. डा. ज्ञानु पाण्डे, प्राज्ञ बियोगी बुढाथोकी, साहित्यकार ध्रुब, निमा वाङग्देल लामा, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, मुकुन्द न्यौपाने, तारा के.सी, प्रभा भट्टराई, रूद्र अधिकारी, कवि दीपेन्द्र सिंह थापा, इ. दीपक भट्टराई लगायतको उपस्थिति थियो । शिवपुरी सन्देश परिवारले परिषदको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको थियो ।
स्मरण रहोस् नेपाली साहित्य विकास परिषदको बेलायत च्याप्टर वि.सं. २०५१ मा स्थापना भएको जेठो नेपाली साहित्यिक संस्था हो । हाल बेलायत च्याप्टरको अध्यक्ष एवं संस्थापक सुरेशजंग शाह छन् ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’