काठमाडौँ, १७ साउन । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न चिकित्सा शिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच आज छलफल भएको छ ।
केसीको प्रमुख मागको विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, व्यवस्थापिका–संसद्, महिला बालबालिका ज्येष्ठ नागरिक समाजका सभापति रञ्जुकुमारी झा, तत्कालीन माथेमा आयोगको प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारी र डा केसीका प्रतिनिधिसहितको आज बैठक बसेकोे शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
आजको बैठकमा सबै पक्षले आआफ्नो धारणा राख्दै विधेयकका समेटिनुपर्ने बुँदाहरुबारे विस्तृतमा छलफल गर्नुभएको थियो । डा केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले आज सैद्धान्तिक विषयमा छलफल भएको र बुधबार अपराह्न ३ बजे पुनः वार्ता हुने जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यही साउन ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औँ आमरण अनशनमा हुनुहुन्छ ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त