केन्ट (बेलायत) । गायक, गीतकार, एरेन्जर तथा रेकर्डिस्ट बिसी राईको एल्वम ‘अर्को पाईला’ सार्वजनिक भएको छ । शनिबार बेलायतको नर्टन न्याचबुल स्कुल, आसफोर्डमा एक कार्यक्रमबीच सो एल्बम लोकार्पण गरिएको हो ।
सुमायाँ राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सगरमाथा गोरखा नेपलिज कम्युनिटीका अध्यक्ष भास्कर तितुङ्ग र अतिथिहरुमा नेपाल स्टार, गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ, कवि, गीतकार, समाजसेवी तथा ब्यवसायी घनथापा मगर, किरात राई यायोख्खा यूकेका अध्यक्ष पदम राई, किरात याक्थुङ चुम्लङ यूकेका अध्यक्ष काजीमान याक्सो, खोटाङ जिल्लाका भूपू सभापति रत्न राई, किरात राई यायोख्खा यूकेका उपाध्यक्ष कल्पना राई, किरात राई यायोख्खा यूकेका उपाध्यक्ष दिवाकर राई, खोटाङ सेवा समाजका अध्यक्ष देबेन्द्र राई, वातावरणविद तथा विश्व नेपाली साहित्य महासंघ साउथ बेलायतका अध्यक्ष विजय हितान लगायत बेलायतमा रहेका साहित्यकार तथा समाजसेवीको उपस्थिति थियो ।
गायक गङ्गाराज राईले स्वागत मन्तब्य दिएपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमा बीरबहादुर राई र सुमाया राईबाट संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार नबराज राईले गीतकार बिसी राईको जीवनी प्रस्तुत गरेपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमाले संयुक्त रुपमा एल्वम लोकार्पण गरे ।
राईले बिक्रम सम्वत २०५३ सालमा पहिलो एल्वम ‘तिमीलाई’ बजारमा ल्याएपछि २०५६ सालमा ‘ती पलहरु’, सन् २००६ मा ‘बिहाइण्ड द क्राउड’, सन् २००८ मा ‘शिली’ र ‘अर्को पाईला’ गरी ५ वटा गीति एल्वम निकालिसकेका छन् । एल्वम ‘अर्को पाईला’ मा मलाई घायल बनायौ, परदेशी, भोजपुर बजार, गोधुली साँझमा, हरखुशी तिम्रै लागी, निष्ठुरीको मायाले, तिम्रो साथ बिना, तिमीले मलाई लगायत १० गीत समावेश छन् ।
कार्यक्रमको तेस्रो सत्रमा उक्त एल्वम मध्येको एक गीत ‘तिम्रो साथ विना’ को म्युजिक भिडियो सार्वजनिक गरियो । उक्त गीतमा नेपाल स्टार बिष्णु चेम्जोङ् र सर्जककै स्वर छ भने स्वप्निल लिम्बुको निर्देशन छ । साहित्यकार नरेशमणि राईले एल्वमको समीक्षा गर्ने क्रममा राम्रा र नराम्रा पाटा औल्याउदै प्राकृतिक हावा, झरना चरा–चुरुङ्गीहरुको आवाज हुँदै आदिवासीहरुले सुसेलेका आवाजबाटै संगीतको शुरुवात भएको र यस एल्वममा पनि चरा, झरनाहरुको आवाज हालेर साँच्चिनै भावुक बनाउने खालका संगीत भएको बताए ।
एल्वमको समीक्षापश्चात किरात राई यायोख्खा यूके अध्यक्ष पदम राई, एनआरएनए यूकेका उपाध्यक्ष हिराधन राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सोलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा सर्जक राईले उनको आफ्नै दाजु डिल्लीकेशर राईले एउटा मादल र गिटार किनिदिएर त्यही मादल र गिटारबाट संगीत यात्रा शुरु भएको भन्दै दाईलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा नेपाल स्टार बिष्णु चेम्जोङले बेलायत आएर गीत गाउने मौका पाएकोमा ज्यादै गौरवान्वित भएको बताउंदै अवसर मिले बिसी राईसँग अझै पनि गीत गाउने बताइन् । एल्वमको ‘परदेशी’ बोलको गीतले आफूलाई रुवाएको पनि उनले बताइन् ।
कार्यक्रममा उक्त एल्वमका सर्जकले गीत गाएर मनोरन्जन दिएपछि अध्यक्ष सुमायाँ राइले सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् । कार्यक्रम कवि नवराज राईले सञ्चालन गरेका थिए ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री