
राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार काठमाडौंमा नेपाल विद्यापति पुरस्कार अर्पणपछि पुरस्कृतहरुका साथमा । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न पाँच विधाका पुरस्कार आज यहाँ प्रदान गर्नुभयो ।
कोषले आयोजना गरेको समारोहमा उहाँले सो पुरस्कार प्रदान गर्नुभएको हो ।
रु दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने रु एक–एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्राडा वीरेन्द्र पाण्डे, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार मुरलीधर विश्वकर्मा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार नवीनकुमामर मिश्र र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार अवधेष पोखरेललाई प्रदान गरिएको हो ।
मैथिली साहित्यका आदिकवि विद्यापतिको सम्मानमा नेपाल सरकारले विसं २०६८ मा रु एक करोड अनुदान दिई सो कोष स्थापना भएको थियो भने यस वर्ष दिइएको पुरस्कार पाँचाँै शृङ्खला हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मैथिली साहित्यको जग बसाल्न र तराई पहाडका नेपाली कला संस्कृतिबीचलाई जोड्न विद्यापतिले दिनुभएको योगदानको प्रशंसा गर्दै विद्यापतिको व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई थप जागृत गराउनुपर्ने बताउनुभयो ।
उहाँले यस्ता कोष र पुरस्कारका लागि राज्यले निरन्तर चासो दिनुपर्नेमा पनि जोड दिनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सबै भाषा, संस्कृति र साहित्यको समान जगेर्ना गर्न सकेमा मात्र मुलुुकको समानुपातिक र समावेशी विकास हुने बताउनुभयो ।
कोषका अध्यक्ष विजय दत्तले कोषमा बजेट बढाउन सरकारसँग माग गर्दै यो पुरस्कारले मैथिली भाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गर्न प्रेरित गर्ने बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?