
इलामको फाकफोकथुम गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई पद बहालीपछि कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस
काठमाडौँ, २० असार । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ ।
यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का १०९, प्रदेश नं ५ का ९४ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
आज अपराह्न ३.३० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले) १२४, नेपाली काँग्रेस १०७, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १४५, काँग्रेस ९१, माओवादी केन्द्र ३६, फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ । धरान नगरपालिका– ९ को मतगणना समाप्त भएपछि जोड्ने क्रममा विवाद भएको तथा झापाको अर्जुनधारा– २ मा एक थान पत्र नपुगेकामा विवाद भई मतगणना रोकिएको जनाइएको छ ।
त्यस्तै उदयपुरको बेलका नगरपालिकामा खसेको मत सङ्ख्याभन्दा तीन मत बढी भएको तथा कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भई मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]