लन्डन । क्रिस्टल हेयर एण्ड ब्यूटी स्टुडियो लन्डनले काठमाण्डौंस्थित सांग्रीला होटलमा गत साता दोश्रो मेक ओभर प्लस २०१७ गरेको छ । उक्त मेक ओभर प्लस २०१७ का लागि मेकअप आर्टिष्ट बिना राई लन्डनबाट काठमाण्डौं गएकी हुन् ।
स्टेजमा लाइभ ‘ग्ल्यामरस लुक’ मेकअप डेमोन्सट्रेसनसहित गरिएको उक्त शो नेपालमा नौलो मानिन्छ ।
आरजे चिराग बाङदेलले सञ्चालन गरेको उक्त शोमा १० जना मोडलहरु सहभागी थिए । ति मोडलहरुले गाउन र क्याजवेल समर वेयरमा क्याटवाक गरे । मोडलहरुलाई बिना राईले सम्पूर्ण मेक अप गराएकी थिइन् ।
प्रशान्त ताम्राकार, कमल श्रेष्ठ लगायत अतिथी सहभागी उक्त शोमा सिमा राई एण्ड ब्याण्ड र सन्तोष महाताराले लाइभ म्यूजिक प्रस्तुत गरेका थिए ।
यसअघि बिना राईले गत जनवरीमा सांग्रीला होटलमै यस्तो शो गरेकी थिइन् । राईले अबको प्रोजेक्ट पोखरा र बुटबलमा गर्ने बताइन् । हालसम्म यूके ब्राण्ड सामाग्री प्रयोग गरेको जनाउंदै राईले भविष्यमा नेपालकै बजारमा उपलब्ध स्तरिय सामाग्री प्रयोग गर्ने सोच रहेको उल्लेख गरिन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’