बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले दशौँ अभिव्यक्ति श्रृंखलाको लागि कवि डा रूपक श्रेष्ठलाई मञ्च प्रदान गर्ने भएको छ ।
ब्रेकन, वेल्समा बसेको बैठकले सस्थाको दशाैँ अभिव्यक्ति श्रृंखलाको लागि डा श्रेष्ठलाई छनोट गरेको हो । यसवर्षको अभिव्यक्ति श्रृंखला आगामी २६ अगष्ट २०१७ को दिन हाइवेकममा गर्ने संस्थाले जनाएको छ ।
कवि डा रूपक श्रेष्ठ बेलायतका सक्रिय स्रष्टा हुन् । कविताबाहेक मुक्तक, गीत, गजल, हाईकु र कथा बिधामा उत्तिकै कलम चलाउने डा श्रेष्ठको कविता संग्रह ‘बिगबेन र समय’ (सन् २०१०) र ‘पोख्तक’ (सन् २०१४) मुक्तक संग्रह प्रकाशित भएको छ ।
यसैगरी कविता, गीत, गजल, मुक्तक, हाईकु र कथा संग्रहहरू प्रकाशोन्मुख रहेको उनको भनाइ छ । बाल्यकालदेखि साहित्यमा रूचि राख्ने गरेका डा श्रेष्ठका फुटकर रचनाहरू गरिमा, शारदा र युवामञ्चजस्ता पत्रिकाहरूमा पहिलेदेखि छापिँदै आएको छ । बेलायतबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरूको साथै कविता, मुक्तक र गजल संयुक्त संग्रहहरूमा उनको सृजनाहरू प्रकाशित हुँदै आएको छ ।
डा. श्रेष्ठ साहित्य लेखन संगसंगै साहित्यिक तथा सामाजिक संघसंस्थाहरूमा पनि सकृयता रहँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्ष हुन् भने अनेसास बेलायत च्याप्टरको सल्लाहकार रहेका छन् । यसैगरी, नेपाल मुक्तक प्रतिष्ठान बेलायतको सल्लाहकार, पोखरा मुक्तक मञ्चको आजीवन सदस्य र प्यास गजल नेपालको आजीवन सदस्य रहेका छन् ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति श्रृंखला आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी तिनका सृजनाहरू प्रस्तुत गर्ने गर्दछ । पहिलोपटक सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राईलाई अभिव्यक्ति श्रृंखलामा मञ्च प्रदान भइसकेको छ ।
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा