लन्डन, ९ असार । यूरोपेली युनियन (इयु)सदस्य राष्ट्रका नेताहरूले बिहीबार बेलायतकी प्रधानमन्त्री टेरिजा मे ले इयु सदस्य राष्ट्रका नागरिकको अधिकारका लागि प्रस्ताव गरेको योजना पर्याप्त नभएको बताएका छन् ।
बेलायतको बहिर्गमन प्रक्रियाका विषयमा छलफल गर्न बोलाइएको युरोपेली नेताहरूको भेलाको दोस्रो दिन बेलायतको तर्फबाट प्रधानमन्त्री टेरेजा मेले राख्नुभएको प्रस्तावप्रति असहमति जनाउदै युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जङ्करले पनि प्रस्तावप्रति आफू सन्तुष्ट नभएको बताउनुभयो । बेलायतको योजनाबारे थप प्रष्ट हुनुहुन्छ भन्ने प्रश्नमा जङ्करले संक्षिप्तमा ‘छैन’ भनी प्रतिक्रिया दिनुभयो ।
‘यो पहिले कदम हो तर यो पर्याप्त भने छैन’, भेलामा सहभागी हुन ब्रसेल्स आइपुगेपछि सञ्चारकर्मीसँग जङ्करले बताउनुभयो ।
बेलायती प्रधानमन्त्री मेले आफ्नो देशमा बसोबास गर्दै आएका वा अस्थायी रूपमा काम गरिरहेका इयू सदस्य राष्ट्रका जनताको भविष्य सुरक्षित गरिने पुनः आश्वासन गराउनुभएको थियो ।
मेले सम्मेलनमा सहभागी हुनु पहिले भन्नुभयो, ‘कोही पनि बेलायत छोडेर फर्किनुपर्ने छैन । बेलायतको इयूबाट हुने बहिर्गमनका कारण हामीले परिवार छुिट्टएको देख्नुपर्ने छैन ।’
बेलायती प्रधानमन्त्रीले आफ्ना इयू सदस्य राष्ट्रका समकक्षीसँग इयुका नागरिकको अधिकारका बिषयमा बिहीबार ‘स्पष्ट तर गम्भीर प्रस्ताव’ राख्दै भन्नुभएको थियो, ‘जतिपनि इयुका नागरिक बेलायतमा कानूनीरूपमा आएका छन् उनीहरूले ब्रेक्जिट पहिले बेलायत पुग्ने व्यक्ति सरह काम गर्ने अधिकार, स्वास्थ्य सेवा र अन्य लाभहरू लिन पाउनेछन् ।’
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते