लन्डन । बेलायतको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले पराजय भोगेका छन् । लेबोर पार्टीका तर्फबाट डार्टफोर्ड क्षेत्रमा उठेका कैनीले १८ हजार २४ मत ल्याए भने उनका प्रतिष्पर्धी कन्भरभेटिभ पार्टीका उम्मेदवार ग्यारेथ जोन्सनले ३१ हजार २१० मत ल्याएर जित हासिल गरे । कुल खसेको मतको ५७ दशमलव ६ प्रतिशत ल्याएर ग्यारेथ विजयी भएका हुन् । डार्टफोर्ड क्षेत्रमा अहिले चुनाव हारेपनि आशा नमरेको र भविष्यमा लेबोरको समर्थन जुटाउन नियमित लागिरहने कैनीले बताएका छन् ।
पराजित भएपछि राती अबेर कैनीले मतदाता र चुनावी अभियानका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । काउन्सिलर रहेका उनी अब काममै फर्कने र स्थानीय राजनीतिलाई पनि एकसाथ लैजाने योजनामा छन् ।
बिहीबार राती दशबजे मतदान कार्यक्रम समापन भएलगत्तै मतगणना शुरु भइसकेको छ । यो समाचार तयार पार्दासम्म कन्जरभेटिभ २६४, लेबोर २३६, स्कटिस नेशनल पार्टी ३३ र लिब्डेमले १० सिट जितेका छन् । ६५० सिटका लागि भएको निर्वाचनमा यसपटक कुनै पनि पार्टीले वहुमत नल्याउने मत सर्वेक्षणले देखाएका छन् । वहुमत ल्याउन ३२६ सिट चाहिने भएपनि यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभले ३१८, विपक्षी लेबोर पार्टीले २६७, स्कटिस नेशनल पार्टीले ३२ र लिब्डेमले ११ सिट ल्याउने ‘एक्जिट पोल’ ले देखाएको छ । यसले मिलीजुली सरकार बन्ने लगभग निश्चित छ ।
गत वर्षको ईयू जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरिने भन्ने अनपेक्षित परिणाम आएपछि ब्रेक्जिट वार्ताका लागि ताजा जनमत लिन भन्दै प्रधानमन्त्री टेरेजा मेले तीन वर्ष अगावै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार