काठमाडौँ, १३ जेठ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ ।
यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ ।
गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३४ अङ्कले बढेर अन्तिम दिन १६२९.५८ अङ्क पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१३ अङ्कले बढेर ३४५.९९ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ७६ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।
त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको चार लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको स्टकले जनाएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता