लण्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले हरेक वर्ष प्रदान गर्दै आइरहेको अनेवा पुरस्कार, यस वर्षका लागि पत्रकारितामा उल्लेखनीय रूपमा सक्रिय नेपाल साप्ताहिकका डेस्क संयोजक नारायण अमृत र कारोबार आर्थिक दैनिकका डेस्क संयोजक लेनिन बञ्जाडेलाई प्रदान गरियो ।
नेपालका लागि बेलायती राजदुत एन्ड्रीउ जेम्स स्पार्कस्ले काठमाडौँमा आयोजित एक कार्यक्रममा बन्जाडे र अमृतलाई पुरस्कार प्रदान गरे ।
पुरस्कारको राशी ३० / ३० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ ।
कार्यक्रममा बोल्दै राजदूत स्पार्कसले बेलायतस्थित प्रतिष्ठानले गरेको गतिबिधिमा आफु सरिक हुन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाले दुवै मुलुकलाई जोड्न सेतुको काम गरेको बताए ।
संस्कृतिविद् तथा कवि तुलसी दिवसले नेपाली साहित्यिक प्रतिष्ठानहरुले डायस्पोरामा छरिएर रहेका स्रष्टा पहिचान गरी सम्मान गर्नु पर्ने सुझाव दिए ।
साहित्यकार तथा राजनीतिज्ञ प्रदिप नेपालले अनेवाले सह्रानीय काम गरेको बताए भने बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले विदेशमा बसेर संस्था सञ्चालन गर्न सहज नहुँदा पनि प्रतिष्ठानले नेपाली वाङ्मयमा पुर्याएको योगदानको प्रशंसा गरे ।
सन् २०१२ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानमा खगेन्द्र पाठक, डा. सुष्मा आचार्य, विकलचन्द्र आचार्य, गोपीकृष्ण प्रसाई, किरण टी. लिम्बु, जयालक्ष्मी राई, नारायण अधिकारी, गोपी सापकोटा लगायतका साहित्यकारहरु संलग्न छन् । संस्थाले युकेमा नियमित साहित्यिक गतिबिधिहरु गर्दै आएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग