लण्डन । ताप्लेजुङ जिल्लाको हाङपाङ गाविसबाट युके आएकाहरुको संस्था हाङपाङ समाज युकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा भएको सो भेटघाट समाजका अध्यक्ष विश्वराज फेयङ साँवको अध्यक्षता र महासचिव टेकबहादुर खपाङ्गीमगरको संचालनमा भएको थियो । वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा समाजका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो भने समाजका वयोवृद्ध सदस्यलाई सम्मान गरिएको थियो । यस्तै, समाजका सदस्यका परिवारबाट विभिन्न शैक्षिक उपाधि हासिल गर्ने, वैवाहिक सम्बन्धमा बाँधिने र सन्तानलाभ गर्नेहरुलाई पनि बधाई र शुभकामना दिइएको थियो ।
कार्यक्रममा मनाेरन्जनात्मक कार्यक्रम, राफल ड्र खेलाइएकाे थियाे ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता