लन्डन । बेलायतबासी आप्रवासी नेपालीहरुबीच एभरेष्ट आइडल टाइटलको गायन प्रतियोगिता आयोजना हुने भएको छ ।
बेलायतमा स्थापित एभरेष्ट इन्टरटेनमेन्ट एन्ड मेडिया हव लिमिटेड (इ मेडिया हब) ले एक प्रेस टेलिकन्फ्रेन्स आयोजना गरेर सो जानकारी गराएको छ ।
इमेडिया हब लिमिटेडका चिफ इक्च्युकेटिभ इश्वर चाम्लिङका अनुसार १३ मे अर्थात आगामी शनिबारदेखि सहभागिताका लागी फाराम दर्ता प्रक्रिया शुरु गरिने छ ।
किरात राई जातिको साकेला चाडको दिन सोही स्थलमा पहिलोपटक प्रत्यक्ष दर्ता गरिने छ । सहभागीहरुको सुविधाका निम्ति अनलाइन, इमेल, फेसबुक, टेलिफोन लगायतका माध्यमबाट पनि अप्रत्यक्ष दर्ता लिइने बताइएको छ ।
आगामी मे २८ तारिख आयोजना हुने गोर्खा कपमा पनि प्रत्यक्ष दर्ताको स्टल राखिने साथै कम्पनीले आयोजना गर्ने ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ कार्यक्रममा पनि दर्ताको टेबल रहने छ ।
विभिन्न छ कार्यक्रमहरु बीच छनौट हुँदै अक्टोबर २८ तारिख अल्डरसटको एम्पायर हलमा आयोजना हुने ‘ग्रान्ड फिनाले’ मा उत्कृष्ट ‘एभरेष्ट आइडल’ लाई १ हजार २ सय पाउन्ड (करिब १ लाख पचास हजार रुपैया), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।
चाम्लिङले नेपाल आइडलमा सहभागी हुन नसकेका तर विशेष प्रतिभावान प्रतिभाहरुलाई एभरेष्ट आइडलमा सोच्न सकिने बताए । एभरेष्ट आइडल निर्णायकहरुका लागि वरिष्ठ गायक/संगीतकारहरुको भिसाको प्रोसेस शुरु भइसकेको बताइएको छ ।
इ-मेडिया हव लिमिटेड यूकेले यही मे २० तारिखदेखि बेलायतको विभिन्न शहरमा गायिका मेलिना राई र रेवत राई तथा बेलायतका चर्चित रयापर गोम्जा लामा, यूके डान्स अफ विजेता चर्चित डान्सर जेनी सुनुवारसहित युथ विशेष कार्यक्रम ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ गर्दैछ । ती कार्यक्रमहरूको होस्ट लेक्स लिम्बु र निया देवानले गर्ने कार्यक्रम छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु