सल्लेरी (सोलुखुम्बु), २३ वैशाख । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ ।
सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको आज साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उहाँको शव भोलि लुक्ला ल्याई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो । उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो । उहाँको आरोहणका लागि रु ९५ लाख व्यवस्था गरिएको थियो ।
उहाँलाई गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत, म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायतले सहयोग गरेका थिए ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा