
लन्डन । नेपालका अनाथ वालवालिकाको सहयोगार्थ लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम हुने भएको छ । लन्डनवासी सामाजिक अभियन्ता रिता ‘पर्ल’ परियारले आगामी १४ मे सांझ साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा च्यारिटी गर्न लागेकी हुन् ।
नेपालस्थित संस्था ‘जिम्मेवार युवा नेपाल’ द्वारा संरक्षित अनाथ बालबालिकाहरुको पठनपाठन सहयोगार्थ आफ्नो एकल प्रयासमा च्यारिटी गर्न लागेको जनाउंदै रिताले कार्यक्रममा आएर धेरथोर सहयोग गरिदिन बेलायतवासी नेपाली समक्ष आग्रह गरेकी छन् । उनले यसअघि व्यक्तिगत रुपमा कयौं सामाजिक काम गरेपनि पहिलोपटक अब सार्वजनिक कार्यक्रम गरेरै सहयोग संकलन प्रयास थालनी गरेको जनाइन् ।
साँझ ६ देखि बेलुकी १० बजेसम्म हुने च्यारिटीमा सांस्कृतिक कार्यक्रम समेत गर्ने सोच रिताको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते