लन्डन, १८ वैशाख । जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तरी कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरुपमा अस्वीकार्य भएको बताउनुभएको छ । लन्डनको भ्रमणमा रहनुभएका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
तर उक्त परीक्षण सफल भने हुनसकेन् । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।
यसप्रकार बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानको लागि पनि खतरा भएको आबेले बताउनुभएको छ । उत्तर कोरियाको यस प्रकारको कार्यबाट विश्वको शान्ति र स्थायित्वमा नै गम्भीर सङ्कट आउने उहाँले रसिया र बेलायतको तीन दिने भ्रमणको अन्तिम दिन बताउनुभएको छ ।
आफ्नो देशलाई दिएको यस चुनौतीलाई पूर्णरुपमा अस्वीकार गर्ने र यस्ता कार्यको कडा निन्दा गर्ने उहाँले बताउनुभएको छ ।
प्योङयाङबाट उत्तरमापर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार गत शनिबार बिहान ५ः३० मा गरेको यो व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आउनुभएको छ ।
कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान