
लन्डन । सांगीतिक कार्यक्रमका लागी गायिका मेलिना राई र अर्का प्रतिभाशाली गायक रेवत राई युके आउने भएका छन ।
इ मिडिया हब लिमिटेड युकेको आयोजनामा हुन लागेको मनोरन्जनात्मक सांगीतिक कार्यक्रममा भाग लिन उनीहरु युके आउने इन्टरटेनमेन्ट सेलका प्रमुख गायक किसन राईले जानकारी दिए ।
युवा प्रतिभाहरु समेटेर कार्यक्रम आयोजना गर्न युवामाझ अत्यन्तै लोकप्रिय ब्लगर तथा कार्यक्रम सञ्चालक लेक्स लिम्बु र २०१४ कि मिस युके नेपाल निया देवानले कार्यक्रम सञ्चालनको जिम्मा लिएका छन् । अर्की परिचित अनुहार ‘युके डान्स अफ २०१६’ विजेता जेन्नी सुनुवार ईडवार्डले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने छिन् ।
इन्टेक बिट्सका गायक गोम्जा लामाले पनि नेपालबाट आउने गायक गायिका संगै आफ्नो लोकप्रिय गीतहरु पस्कने छन् ।
युकेका नेपाली युवालाई नेपाल अनि नेपाली भाषा, कला र संगीतप्रति रुची जगाउँदै कालान्तरसम्म जोडिराख्न इमिडिया हब लिमिटेड युकेले कार्यक्रम राखेको सिइओ तथा गीतकार ईश्वर चाम्लिङले स्पष्ट पारे । इमिडिया हबले नेपाली मुलका बेलायती युवा र नेपालको सम्बन्ध सुमधुर बनाई राख्न निकट भविष्यमा ‘एभरेष्ट आइडल’ र ‘एभरेष्ट अवार्ड’ जस्ता कार्यक्रम गर्ने समेत उनले बताए ।
‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ मे २० देखि अल्डरसटबाट शुरु भएर युकेका अन्य स्थानमा लगातार मे र जुन महिनाभर कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु