लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले नयां वर्षका अवसरमा एक शुभकामना सांझ आयोजना गरेको छ । गत शनिबार अल्डरसटस्थित एम्पायर हाउसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालबाट आएका लोकगायक याम क्षेत्री प्रमुख आकर्षण भए । उनले कयौं मार्मिक गीत प्रस्तुत गरे भने क्षेत्रीलाई बेलायतमै रहेका लोक दोहोरी कलाकार कल्पना गुरुङ र मधुसुदन थापाले साथ दिए । कुसुम पुनले नाच प्रस्तुत गरेकी थिइन् भने आवाज व्याण्डले पनि गीत प्रस्तुत गरेको थियो ।
कार्यक्रम सोसाइटीका अध्यक्ष दधी आचार्य र संस्थापक अध्यक्ष हितकाजी गुरुङले पानसमा बत्ती बालेर संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका अटयाची तेजेन्द्र रेग्मी, एनआरएनए युरोप संयोजक कुल आचार्य, तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, सोसाइटीका संस्थापक अध्यक्ष तथा सल्लाहकार हितकाजी गुरुङले शुभकामना मन्तव्य दिए ।
सल्लाहकार मानप्रसाद गुरुङको संयोजनमा भएको उक्त कार्यक्रममा सोसाइटीका उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव भरत पौडेलले गरेका थिए ।
मन्तव्यका क्रममा अध्यक्ष आचार्यले सोसाइटीले नेपालमा शिक्षाका क्षेत्रमा केही परोपकारी कार्य गर्ने योजना बनाएको बताए । उनले समस्त सहयोगी र हल निशुल्क उपलब्ध गराउने एम्पायर हलका पुरन गिरी, यम भण्डारीलगायतलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका निवर्तमान सचिव तथा वर्तमान सल्लाहकार हरि गुरुङका पिता सुवेदार भीमबहादुर गुरुङको ७९ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । उक्त अवसरमा सोसाइटीले मुर्तीकलामा बेग्लै पहिचान बनाएका वकिङ निवासी सागर क्षेत्रीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा मगर संघ यूकेका पूर्व अध्यक्ष थर्क राना, समाजसेवीहरु रवि लामिछाने, कृष्ण भट्ट र चिरन्जिवी ढकाल, तमु समाज बेलायतका निवर्तमान अध्यक्ष शिवशरण गुरुङ, बीसीसी यूकेका अध्यक्ष नारायणप्रसाद गुरुङ, बाग्लुङ समाज यूकेका अध्यक्ष दीपक काउचा, मोना यूकेका उपाध्यक्ष खेम शेरचन, सोसाइटीका पूर्व अध्यक्षहरु पुरन गिरी, रसबहादुर गुरुङ, नरजंग गुरुङ लगायत सयौं सहभागी थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने