महासंघमा आवद्ध स्रष्टा थिर थापाको ‘बिहानी’ नामक गीति एल्बम, जानुका राईको गीति संग्रह ‘धर्तीको जन्म’, टी. माया राईको एल्बम ‘सौम्यलाई’ केन्द्र अध्यक्ष तिगेला, शाखा कार्यबाहक अध्यक्ष साईंला, गायक परियार र समाजसेवी घन थापाले विमोचन गरे । तीन जना स्रष्टाहरुले आ आफ्नो कृति र सिर्जनाबारे संक्षिप्त बोलेका थिए । अतिथि गायक परियारलाई आयोजकको तर्फबाट कार्यवहाक अध्यक्ष साईंलाले आभारपत्र हस्तान्तरण गर्दै पहिलो चरणको कार्यक्रम औपचारिक रुपमा विसर्जन गरेका थिए ।
दोस्रो चरणको धमाकेदार सांस्कृतिक कार्यक्रम सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुनबाट शुरु गरे । कार्यक्रममा नवगायक मोहन लिम्बु, गायिकाहरु विमला लिम्बु, करिष्मा घम, जानुका पुन, गणेश पुनको प्रस्तुतिसंगै गायक परियारले सबैलाई नचाएका थिए । युकेका चिरपरिचित गायक थिर थापामगर, मधुसुदन थापामगर र गणेश पुनले पनि सुमधुर गीत पस्किए । उनीहरुलाई गायिका सुष्मा राईले पनि साथ दिएकी थिइन् । सीता शेरचन, सन्ध्या गुरुङ, मलियना तिगेला, नेहा लिम्बु, निङ्वा लिम्बु, सशांक राई र गणेश लिम्बुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा गरिएको राफल ड्रमा सुनको गहना माया शेरचनले जितिन् । कार्यक्रमलाई आकर्षक ढंगबाट महासचिव जानुका राई र कवि सन्जिव राई पारदर्शीले सञचालन गरेका थिए । अन्तमा कार्यवहाक अध्यक्ष साईंलाले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम आयोजनाका लागि गायक थिर थापा, महासचिव राई र श्रीमती कृष्णा थापाको विशेष भूमिका थियो ।
१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासंघ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको ‘यो साझा घरको मान्छे’ शिर्षकको कविता प्रथम भएको छ ।
नेपाली भाषाको अनलाइनमा पहिलो पटक प्रसारण शुरु गर्ने प्रभावशाली रेडियो बिएफबिएस गोर्खा रेडियोको काठमाडौं स्टेशनबाट १७ अप्रिल २०१७ का दिन नतिजा घोषणा गर्दै पुरस्कार वितरण गरिएको छ । विजयी तीनैजना रेडियो स्टेशनमा उपस्थित थिए । प्रतियोगितामा प्रज्वल अधिकारीको ‘शहरले गुमाएको प्राकृतिक पेन्टिंग’ शीर्षकको कविता दोस्रो र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ शीर्षकको कविता तेस्रो बन्न सफल भए । पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद १२ हजार, १० हजार र ८ हजार रुपैंया पुस्कारसहित प्रमाणपत्र गोर्खा रेडियोका सञ्चालक विनोदध्वज खड्का र अध्यक्ष विजय हितानले हस्तान्तरण गरे ।
नेपालबाट मात्र सहभागिता जनाउन मिल्ने र वातावरणको विषयमा सिर्जना लेख्नुपर्ने प्रावधान रहेको प्रतियोगिताका लागि २४ मार्च भित्र आइपुग्नुपर्ने गरी आह्वान गरिएको थियो । यस वर्षको अर्थ आवर गत २५ मार्चका दिन विश्वब्यापी मनाइएको थियो । विभिन्न ४६ जनाको कवितालाई साहित्यकार विश्वासदीप तिगेला, सप्निल स्मृति र स्वयं अध्यक्ष हितानले मुल्यांकन गरेका थिए ।
नवीन प्यासी, एकु घिमिरे, उदास कार्की, पुष्पा घिमिरे, तुलसी बस्नेत, ह्दय लेकाली, सुरज शर्माका कविताहरु उत्कृष्ट १० मा पर्न सफल भएका थिए । साहित्य महासंघले विगत वर्षहरुदेखि विश्व अर्थ आवरको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
महासंघ साउथ शाखाले बैशाख ३ गते युके आसफोर्ड शहरमा भब्य कार्यक्रम सम्पन्न गरयो भने दोस्रो दिन प्रतियोगिताको नतिजा घोषणा गर्दै पुरस्कार घोषणा गरियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने