लन्डन । नेपथ्यको छेक्यो छेक्यो देउराली डांडा…नसुन्ने कमै होलान् । शर्मिला बर्देवा र रबिन श्रेष्ठले गाएको आंखैमा झलझली हितैको दौतरी…होस् वा राजु लामाको भाइ टिकामा भेट्न आउंला…। अनि दोष कसैलाई दिन चाहन्न (अरुण थापा) गीत पनि लाखौं श्रोताको मन मस्तिष्कमा छ ।
यी र यस्ता कयौं सदावहार लोकप्रिय गीतका गीतकार एवं संगीतकार सुक गुरुङ मधुमेह र उच्च रक्तचापका कारण दुवै मृगौला फेल भएर थलिएपछि उनको उपचारार्थ बेलायतबाट १६ लाख रुपैयां प्रदान गरिएको छ ।
बेलायतको बेजिङस्टोकस्थित एभरग्रीन ग्रुपका सदस्य लालप्रसाद गुरुङ (बीइएम) ले १४ लाख ७० हजार रुपैयांको चेक सुक गुरुङ सहयोग समितिका संयोजक जगन गुरुङलाई पोखरा सभागृहमा आयोजित एक सांस्कृतिक कार्यक्रममा प्रदान गरेका हुन् । बांकी एकलाख ३७ हजार एक सय ५० रुपैयां साउथइष्ट तमुधिं लन्डन इकाइ अध्यक्ष श्रीचन्द्र गुरुङले बेग्लै अवसरमा प्रदान गरेका थिए ।
बेजिङस्टोक निवासी महिला समाजसेवी सुधा गुरुङको नेतृत्वमा चन्दा संकलन शुरु गरिएको थियो । ‘पोखराका सुक गुरुङसंग मेरो व्यक्तिगत परिचय त छैन् तर कलाकार हामी सबैका साझा हुनाले र उहांका कर्णप्रीय गीत मनपर्ने हुंदा सहयोग गरौं भनेर जुटियो’, गुरुङले भनिन् । गुरुङले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
केही साता अघि टिचिङ अस्पतालमा उपचारार्थ भर्ना हुंदा गुरुङको आर्थिक अवस्था त्यति दरो थिएन । अरबमा कार्यरत दुई छोरा मध्ये जेठो छोराले किड्नी दिन्छु भनेपनि प्रत्यारोपणका लागि करिब २० लाख रुपैंया खर्च लाग्ने भएकाले पोखरेली यी श्रष्टालाई गृह नगरमा
सहयोग जुटाउने कयौं मनहरु भेटिए ।
उनको सहयोगार्थ गठित सहयोग समितिका चिजकाजी गुरुङले देश विदेशमा सहयोग अपिल गर्ने क्रममा बेलायत बेजिङस्टोककी सुधा गुरुङलाई पनि सहयोगका लागि अनुरोध गरेपछि चन्दा संकलन अभियान अघि बढेको थियो । तमुधिं यूके, तमु समाज बेलायत, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, बेजिङस्टोक नेपलिज लेडिज कम्युनिटी जस्ता संस्था, बेजिङस्टोकस्थित एभरग्रीन ग्रुप, विन्चेष्टर साइ समिति र व्यक्तिगत तवरबाट यशोधा गुरुङ, तिजु गुरुङ, बदम गुरुङ, मेजर खुशीमान गुरुङ र मन्जु गुरुङ, सूर्य गुरुङ, डा. सुदर्शन गुरुङ, सिला र अनिता गुरुङ, सपनकुमार राई र मन्जु राई गुरुङको नेतृत्वमा आर्थिक सहयोग जुटाइएको हो ।
अस्वस्थ गुरुङ अहिले पोखरामै फर्किएर साताको दुई पटक डायलसिस गराउंदै प्रत्यारोपणको मिति कुरिरहेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई