लन्डन । नेपाल इन्जिनियर्स एसोसिएसनको यूके सम्पर्क केन्द्र स्थापना भएको छ । गत वर्ष डिसेम्बर ११, २०१६ का दिन लन्डनस्थित नेपाली इन्जिनियरहरुको प्रारम्भिक कमिटीले विधान अनुरुप एसोसिएसनसमक्ष यूके सम्पर्क केन्द्र खोल्न निवेदन दिएको थियो । रितपूर्वक दिइएको निवेदन स्वीकृत भए अनुसार केन्द्र खोलिएको जनाइएको छ । केन्द्रको औपचारिक उद्घाटन आगामी जुलाइ- अगष्टतिर एसोसिएसन केन्द्रका प्रतिनिधिबाट गर्ने निर्णय गरिएको छ ।
गत ८ अप्रिलका दिन नेपाली इन्जिनियरहरुको वृहत भेलाले इन्जिनियर तेजेन्द्र रोकामगरको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उज्जवल ढकाल, महासचिव लोकराजसिंह, उपमहासचिव सुमन लामा र कोषाध्यक्ष उदिप राई चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा हेमन्त पाण्डे, ध्रुवराज शर्मा, सुरज राई, मनेन्द्र राई, रविन्द्र मोक्तान र अमृत थापा चुनिएका छन् ।
समितिले आगामी दिनमा यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरहरुबीच सम्पर्क थलोका रुपमा केन्द्रलाई विकसित गर्दै लगिने बताएको छ । साथै नेपाल र यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरबीच प्रविधि र सीप आदानप्रदान गर्ने, निरन्तर छलफल गर्ने, यूकेमा रहेका नेपाली इन्जिनियरहरुलाई एसोसिएसनको एउटै छातामुनी ल्याउन पहल गर्ने आदि योजना सारेको छ । भेलाले सम्पर्क केन्द्र खोल्न स्वीकृत दिएकामा नेपाल इन्जिनियर्स एसोसिएसनलाई धन्यवाद समेत दिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन नेपाल सम्पूर्ण इन्जिनियरहरुको साझा संस्थाका रुपमा सन् १९६२ देखि स्थापना भइ निरन्तर रुपमा नेपाली इन्जिनियरहरुको प्रविधि विकास र हकहितका लागि कार्यरत छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार