लन्डन । लन्डनमा नेपालीको संलग्नतामा प्राइभेट मेडिकल क्लिनिक शुरु भएको छ । लन्डनको केन्द्र वेष्ट इलिङमा ‘मेडिक प्लस क्लिनिक’ खुलेको हो ।
बेलायत सरकारको कडा नियमपछि पछिल्लो समय थुप्रै विदेशी एनएचएस सुविधा लिनबाट वञ्चित, झन्झट र महंगो शुल्क तिर्नुपर्ने अवस्थामा छन् । एनएचएसमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने वाध्यतावीच निजी क्षेत्रको संलग्नतामा क्लिनिक खुलेको छ ।
उक्त क्लिनिकबाट बिरामीले तुरुन्त डक्टर चेकअप, रगत तथा दिशा पिसाब परिक्षण, एक्स रे तथा एमआरआइ, कम्मर वा घांटीको दुःखाइ उपचार, हाडजोर्नीको उपचार लगायत थुप्रै रोगको उचित मुल्यमा उपचार गर्न सक्ने व्यवस्था मिलाइएको एक जना सञ्चालक तथा भौतिक चिकित्सक एवं जनस्वास्थ्य बिज्ञ राजेन्द्र थापाले जानकारी दिए ।
थापासहित केही स्वास्थ्यविज्ञको संलग्नतामा खोलिएको ‘मेडिक प्लस क्लिनिक’ बाट बेलायतका नेपाली लाभान्वित हुने अपेक्षा छ । विगतमा थुप्रै नेपाली भाषा समस्याले नेपाल गएर उपचार गर्नुपर्ने झन्झट पनि अब हट्ने बताइएको छ ।
थापाले कुनै पनि औषधि चाहिएमा चिकित्सकको अनुमति सहित औषधि र अन्य सेवा प्रदान गरिने जनाउंदै स्वास्थ्य सम्बन्धि समस्या आइपरे तुरुन्त सम्पर्क गर्न अपिल गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा