लन्डन । लन्डनमा नेपालीको संलग्नतामा प्राइभेट मेडिकल क्लिनिक शुरु भएको छ । लन्डनको केन्द्र वेष्ट इलिङमा ‘मेडिक प्लस क्लिनिक’ खुलेको हो ।
बेलायत सरकारको कडा नियमपछि पछिल्लो समय थुप्रै विदेशी एनएचएस सुविधा लिनबाट वञ्चित, झन्झट र महंगो शुल्क तिर्नुपर्ने अवस्थामा छन् । एनएचएसमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने वाध्यतावीच निजी क्षेत्रको संलग्नतामा क्लिनिक खुलेको छ ।
उक्त क्लिनिकबाट बिरामीले तुरुन्त डक्टर चेकअप, रगत तथा दिशा पिसाब परिक्षण, एक्स रे तथा एमआरआइ, कम्मर वा घांटीको दुःखाइ उपचार, हाडजोर्नीको उपचार लगायत थुप्रै रोगको उचित मुल्यमा उपचार गर्न सक्ने व्यवस्था मिलाइएको एक जना सञ्चालक तथा भौतिक चिकित्सक एवं जनस्वास्थ्य बिज्ञ राजेन्द्र थापाले जानकारी दिए ।
थापासहित केही स्वास्थ्यविज्ञको संलग्नतामा खोलिएको ‘मेडिक प्लस क्लिनिक’ बाट बेलायतका नेपाली लाभान्वित हुने अपेक्षा छ । विगतमा थुप्रै नेपाली भाषा समस्याले नेपाल गएर उपचार गर्नुपर्ने झन्झट पनि अब हट्ने बताइएको छ ।
थापाले कुनै पनि औषधि चाहिएमा चिकित्सकको अनुमति सहित औषधि र अन्य सेवा प्रदान गरिने जनाउंदै स्वास्थ्य सम्बन्धि समस्या आइपरे तुरुन्त सम्पर्क गर्न अपिल गरेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते