लन्डन । नेपालमा आगामी मंगलबारदेखि हुन लागेको बेलायत नेपाल कुटनीतिक संयन्त्रको समिक्षा बैठकमा भाग लिन बेलायती विदेश मन्त्रालय (एफसीओ) को साउथ एसिया प्रमुख लाउरा क्लार्क नेपाल प्रस्थान गरेकी छन् ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापन भए लगत्तै संयन्त्र समितिको दोश्रो बैठक हुन लागेको हो । यसअघि उक्त बैठक लन्डनमा भएको थियो ।
‘दुई देशबीच भएका सम्झौता कार्यान्वयन गराउन जोड दिने र भए गरेका कामको समिक्षा गर्न समितिको नियमित बैठक हुन लागेको हो’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए ।
बैठकमा दुई देशबीच भएका सम्झौता कार्यान्वयन भए भएनन् ? पाइप लाइनमा रहेका सम्झौता कार्यान्वयनका लागि के कस्तो नयां रणनीति बनाउने लगायत आपसी हितका सवालमा छलफल हुने अपेक्षा छ । भूपू गोर्खा मुद्दाबारे समेत छलफल हुने बताइएको छ ।
बेलायत नेपाल सम्वन्ध थप उचाईंमा पुगेको कतिपय विश्लेषकहरुको ठम्याइ छ । गत साता लन्डनस्थित नेपाली दूतावासमा बेलायती राजकुमार हयारीले दुई देशबीचको सुमधुर सम्वन्ध अरु कयौं शताब्दीसम्म रहिरहने विश्वास व्यक्त गरेका थिए । बेलायतले भूकम्पपछि नेपालको पुनर्निर्माणमा विशेष प्राथमिकता दिंदै आएको छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा