लन्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ८ अप्रिलका दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । यो बेलायतमै अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहने संस्थाका सभापति तथा संयोजक दिपेन गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । असोसिएसनका उप सभापति लक्ष्मण गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्यले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ । गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो भने २०१५ मा पनि भान्जाहरुकै वर्चश्व थियो ।
संस्थाका सचिव डा. सुदर्शन गुरुङले साउथइष्ट लन्डनकै सबैभन्दा वृहत प्रतियोगितालाई सबै संघसंस्था मिलेर सफल पार्न अपिल गरेका छन् ।
भलिबल खेलका संयोजक तथा उप सभापति राजन खकुरेलका अनुसार आयोजक समितिले तयारी अगाडि बढाइसकेको छ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित ६०० पाउण्ड नगद प्राप्त गर्नेछ । गत वर्षको खेलमा चाल्टर्न क्लबले जितेको थियो ।
संस्थापक एवं निवर्तमान सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नयां कार्यसमितिलाई शुभकामना दिएका छन् ।
ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ असोसिएसनको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिबल पनि हुंदैछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते