लन्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ८ अप्रिलका दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । यो बेलायतमै अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहने संस्थाका सभापति तथा संयोजक दिपेन गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । असोसिएसनका उप सभापति लक्ष्मण गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्यले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ । गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो भने २०१५ मा पनि भान्जाहरुकै वर्चश्व थियो ।
संस्थाका सचिव डा. सुदर्शन गुरुङले साउथइष्ट लन्डनकै सबैभन्दा वृहत प्रतियोगितालाई सबै संघसंस्था मिलेर सफल पार्न अपिल गरेका छन् ।
भलिबल खेलका संयोजक तथा उप सभापति राजन खकुरेलका अनुसार आयोजक समितिले तयारी अगाडि बढाइसकेको छ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित ६०० पाउण्ड नगद प्राप्त गर्नेछ । गत वर्षको खेलमा चाल्टर्न क्लबले जितेको थियो ।
संस्थापक एवं निवर्तमान सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नयां कार्यसमितिलाई शुभकामना दिएका छन् ।
ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ असोसिएसनको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिबल पनि हुंदैछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार