काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरमाथि १ सय ९० रनले सहज जीत हासिल गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र र वसन्त रेग्मी नायक रहे।
सिंगापुर २१ ओभर ४ बलमा ७३ रनमै अल आउट भयो। नेपालका सोमपाल कामी र वसन्त रेग्मीले ४-४ विकेट लिए। २ विकेट अमृत भट्टराईको नाममा रह्यो। निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै नेपालले २ सय ६३ रन बनाएको थियो।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय १४ रनको इनिङ खेलेका थिए। पहिलो ओभरको दोस्रो बलमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल शुन्यमा आउट भएपछि मल्ल ब्याटिङ गर्न आएका थिए।
४३ ओभर ४ बलमा आउट हुनुअघि मल्लले १ सय २५ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए।
नेपालका लागि नरेश बुढाऐरले २९, पारस खड्काले १४, शरद भेषवाकरले २५, बसन्त रेग्मी २१, बिनोद भण्डारीले ८, सागर पुनले २१, सोमपाल कामी र अमृत भट्टराईले ६-६, शक्ति गौचनले ५ रन बनाएका थिए। यसअघि नेपाल बर्मुडालाई पनि ठूलो अन्तरले पराजित गरेको थियो भने पहिलो खेलमा युगान्डासँग पराजित भएको थियो।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन