लन्डन । सन् २०११ सेप्टेम्बरमा लन्डन हिथ्रो ओर्लंदा अस्मिता लामाका कयौं सुन्दर सपना थिए । बेलायतको नयां अनुभव र डिग्री लिने, धेरथोर कमाउने अनि स्टाटस बनाउने । उनले ग्लिन्डर युनिभर्सिटीबाट मास्टर्स त गरिन् तर त्यसबाहेक मानसिक तनाव भन्दा अरु केही भएन । डिग्री सकेर वर्क परमिट भिजा लिने लोभमा नेपाली एजेन्टलाई ५ हजार पाउण्ड (करिब ७ लाख रुपैयां) बुझाएकी उनले न भिजा पाइन् न पैसा फिर्ता । बरु, भिजा सकिने बेला भइसकेकाले ‘इलिगल’ बस्नु भन्दा त्यतिबेला उनले एफएलआर (ओ) हालेर अल्झिइन् । गैर कानुनी नबन्न मात्र एफएलआर (ओ) हाल्ने प्रचलन छ । एफएलआर (ओ) असफल भएपछि अहिले उनी अदालतमा मुद्दा खेपिरहेकी छन् ।
‘पैसा लिएर रेष्टुरेन्टमा पठायो । त्यहां पुग्दा त मालिकले उसलाई हामी चिन्दैनौं भनेर फर्काइदियो’, उनी विगत सम्झन्छिन्, ‘त्यसयता वर्ष दिन भयो फोन पनि उठाउंदैन, पैसा पनि दिंदैन ।’ अहिले त काम पनि नभएर उनको अवस्था दयनीय छ ।
वर्क परमिटकै चक्करमा १२ हजार पाउण्ड बुझाएकी रेणुका श्रेष्ठ (नाम परिवर्तन) एजेन्टको बदमासीका कारण दुई वर्ष यता बेलायतमा कानुनी झमेला बेहोरिरहेकी छन् । एजेन्टले झण्डै १७ लाख रुपैयां लिएर पनि नक्कली कस (सर्टिफिकेट अफ स्पोन्सरसीप) हालिदिएपछि उनको भिजा अस्वीकृत भयो र मुद्दा कोर्ट अफ अपिलसम्म पुग्यो तर सफल भएन । अहिले अर्को सोलिसिटरमार्फत एफएलआर (ओ) निवेदन हालेर बसिरहेकी छन् उनी । ‘अदालत र सोलिसिटर फिले त्यति नै पैसा सकिइसक्यो’, उनको गुनासो थियो, ‘पैसा लिने एजेन्ट नेपाल पुगिसक्यो । म यहां पीडा भोगिरहेकी छु ।’
अर्की एक जनाको पीडा पनि उस्तै छ । ६ हजार पाउण्ड दिएर वर्क परमिट भिजाका लागि आवेदन दिइन् । कयौं साता, महिना बिते । अन्ततः झण्डै ७ महिनापछि रोजगारदाता कम्पनीले सर्टिफिकेट अफ स्पोन्सरसीप रद्द गरिसकेको जनाउंदै होम अफिसले भिजा रिफ्युज गरिदियो । अहिले उनी कोर्टमा जुडिसियल रिभ्यू (जेआर) हालेर एजेन्टसंग ६ हजार पाउण्ड उठाउन मरिहत्ते गरिरहेकी छन् ।
बेलायतमा नेपाली एजेन्टले ठगेर सास्ती भोग्ने अझै कयौं छन् । एजेन्ट कहां छन् पत्तो छैन् तर विद्यार्थी यहां मुद्दा मामिला खेप्दैछन् । पहिला कलेज भर्ना गर्ने क्रममा आर्थिक शोषण गर्न तल्लीन ति एजेन्ट बेलायत सरकारको कडाइका कारण लगभग सबै निजी कलेज बन्द भएपछि वर्क परमिटतिर केन्द्रित भए । वर्क परमिट (टियर टु) को नाममा हजारौं पाउण्ड लिने तर नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (कस) हालिदिने, हुंदै नभएको ठाउंमा पठाइदिने, पैसा लिइसकेपछि फोन सम्पर्कबाटै गायब हुने, कोही नेपाल वा अन्यत्र लाग्ने गर्दा विद्यार्थी ‘घर न घाट’ को स्थितिमा छन् ।
‘पैसा दिएर वर्क परमिट लिनु आफैंमा गैर कानुनी हो’, सोलिसिटर राजु थापा भन्छन्, ‘यस्तो अवस्थामा कानुनी रुपमा एजेन्टबाट पैसा उठाउन पनि सकिन्न त्यसैले विद्यार्थी नै सचेत हुनुपर्छ ।’
बेलायत सरकारको कडा अध्यागमन नियमका कारण टियर टु अर्थात वर्क परमिटमा भिजा लिन अहिले ‘आकासको फल’ जस्तै कल्पना बाहिर छ । भिजा पाइहाले पनि कुन बेला लाइसेन्स रद्द हुने हो भर छैन् । टियर टु मा कडाइ भएर पर्याप्त सेफ अभावले वार्षिक ४ दशमलव २ बिलियन पाउण्डको ब्रिटिस करी उद्योग अहिले शिथिल छ । सेफ अभावकै कारण ब्रिटेनमा रहेका करिब १२ हजार करी हाउस (रेष्टुरेन्ट) मध्ये एक तिहाइ बन्द हुने अवस्थामा पुगेको व्यवसायी बताउंछन् । यस उद्योग बन्द भए करिब एक लाख जना रोजगारीबाट प्रभावित हुने चिन्ता छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते