सधै जिउनको लागि संघर्ष गर्ने
दैनिक परिश्रम गर्ने
आदरणीय धनबहादुर दाई
हाम्रो डांडाघरे धनबहादुर दाई
धनको कुरा गर्दागर्दै
थोरै रकम कमाउने आशमा
छिमेकी मुलुकमा
परिश्रम गर्दागर्दै
एक्कासी मरेछन् ।
उनको लागि धन केवल जिउने माध्यम थियो
उनलाई त बिहान बेलुकीको छाक टार्ने
केवल दाल भातको आशा थियो
आफ्नो जिउ ढाक्ने
दुई सरो लुगाको चाहना थियो
उनको लागि त्यति पुग्ने रकम नै
एकदम ठूलो धन थियो ।
तल्लाघरे लक्ष्मीबहादुर काकाको लागि पनि
धन त धन नै थियो
तर यो प्रतिष्ठा र मानको मापन थियो
कति धेरै घर, जग्गा, सम्पत्ति र गरगहना भन्ने
धाक र शानको विषय थियो
उनको लागि विदेशी रक्सी
राम्रा लुगा
आयातित गाडी
शोखको कुरा थियो
धनको त के कुरा
उनको लागि यो शान र मान थियो ।
मैले धनबहादुर दाईलाई पनि देखें
मैले लक्ष्मीबहादुर काकालाई पनि भोगें
म माथिल्लो घरमा पनि गएँ
म तल्लो घरमा पनि गएँ
न त मैले धनबहादुर दाईलाई
केही सहयोग गर्न सकें
न त लक्ष्मीबहादुर काकासंग
केही लिन नै सकें
म सधै म नै रहें
मेरो खुसि म हुनुमा नै रह्यो
न त धनको लागि म बाँचे
न त मेरो लागि नै धन बाँच्यो ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार