
विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा स्याङजाको साल्मीडाँडामा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिँदै गोरखा स्मारक ट्रष्टका अध्यक्ष एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का पूर्व अध्यक्ष पदमबहादुर गुरुङ । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २४ माघ । गोरखा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले स्याङजाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधि एक वर्षभित्रमा सम्पन्न गरिने बताउनुभएको छ ।
विश्व युद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रथम चरणअन्तर्गतको समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम बढिरहेको बताउनुभयो ।
विश्व युद्धमा बलिदानी गरेका भूतपूर्व गोरखा सैनिकका हक तथा अधिकारका लागि सुरु गरिएको गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसा) को आन्दोलनको उपलब्धिस्वरुप गोरखामाथि भएको विभेद, अन्यायका विरुद्धमा बेलायतमा नै मुद्दा दायर गरी युद्धबन्दीको मुद्दा जितिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्नका लागि गोरखा स्मारकको निर्माणकार्य अघि बढाइएको हो । अन्यायमा पारिएका गोरखा सैनिकका अधिकार दिलाउन क्रियाशील ‘गेसो’ आन्दोलनलाई अबमूल्यन गरी कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।
गोरखा स्मारक ट्रष्ट निर्माण समितिका संयोजक पुरनध्वज गुरुङले विगत २७ वर्षयता गोरखा भूतपूर्व सैनिकको हक तथा अधिकारका लागि सञ्चालित गेसो आन्दोलन वर्तमानसम्म आइपुगेको बताउँदै गोरखा भूतपूर्व सैनिकको योगदानलाई बचाउनका लागि निर्माणाधीन समाधिस्थल एक वर्षभित्रमा नै सम्पन्न गरिने स्पष्ट पार्नुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय