लन्डन । मानवअधिकारका लागी अन्तर्राष्ट्रिय ऐक्यवद्धता नेपाल, यूकेले लन्डन ग्रीनवीचमा नेपालको मानवअधिकारस्थिति र कुपोषण अवस्थाबारे एक कार्यक्रम गरेको छ ।
२२ जनवरीका दिन आयोजित उक्त कार्यक्रम गत मंसिरमा काभ्रेको सानो गौथली ७ मा बोक्सीको आरोपमा मलमुत्र खुवाई कुटपिटपछि मारिएकी ३३ वर्षीया लक्ष्मी परियार र कर्णाली खास गरी ‘मुगु’ र ‘सप्तरी’ मा कुपोषणका कारण दिनानुदिन मरिरहेका वालवालिकाको अवस्थामा केन्द्रित रहयो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, वुद्धिजिवी एवं नेपाली विद्यार्थी गरि करिब ३० जनाको सहभागिता थियो । कार्यक्रममा उल्लेखित दुई घट्ना सम्बन्धमा विदेशमा रहेका नेपालीले कसरी पृथक तरिकाले सहयोग पुरयाउन सक्छन् भन्नेबारे छलफल गरियो ।
कार्यक्रमका सहभागीले लक्ष्मी परियारको हत्या ‘संरचनात्मक हिंसा’ को प्रतिनिधि घट्ना रहेको र यस घट्नाले महिला माथिको हिंसा, जातीय विभेद, स्थानीय गरिवहरूलाई स्थानीय तहकै उच्च वर्गबाट दमन एवं राजनैतिक संरक्षणका कारण बढ्दो दण्डहीनतालाई समेत प्रतिनिधित्व गरेको विचार राखेका थिए ।
सहभागीहरूले घट्नापछि उनको परिवारलाई विभिन्न संघसंस्था र व्यक्तिगत तबरले सहयोग भइरहेको बताएर निहित स्वार्थ बोकेका समूहले घट्नाको प्रमुख पाटो जुन न्याय हो, त्यसलाई ओझेलमा पार्न खोजेको भन्दै चासो र चिन्ता व्यक्त गरे । साथै यस्तो जघन्य अपराधका दोषीलाई तारेखमा छोड्नु र अदालती प्रकृयामा पीडितको पक्षबाट दरो संग पैरवी हुन नसक्नुले घट्नालाई कमजोर बनाउन सक्ने आशंका समेत व्यक्त गरे ।
कार्यक्रममा उक्त घट्नालाई अलिक गम्भीर रुपमा लिएर यसको न्यायिक पक्ष कसरी मजबुत बनाई पीडकलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
सहभागीले भविष्यमा एउटा नजिर स्थापित हुने गरि विदेशमा रहेका नेपालीले कसरी सहयोग पुरयाउन सक्छन् भन्नेबारे छलफल गर्दै विदेशमा रहेका संघसंस्थाहरूसंग सहयोग अपिल गर्नुपर्नेमा जोड दिए ।
उक्त घट्नाबारे सेफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. विष्णु परियारले आफ्नो धारणा राखेसंगै आयोजक संस्थाका संयोजक डा. कृष्ण उपाध्यायले उक्त घट्नाको पृष्ठभूमिबारे प्रकाश पारे । सदस्य बासु शर्माले कुपोषणका कारण जसरी ति जिल्लामा मृत्यु हुने क्रम जारी छ, त्यसलाई समाधान गर्न राज्यले सुशासनमा जोड दिनु पर्ने बताए ।
संस्थाका सदस्य कृष्ण शर्माले कुपोषणका लागि जिल्लाहरूमा गएको रकम फ्रीज हुने तर दिनानुदिन बालबालिकाको मृत्यु भइरहेको घट्नाले त्यहां श्रोत अभाव नभई राज्यको व्यवस्थापकीय कमजोरी रहेको औंल्याए ।
संस्थाकी सदस्य श्रीमती गीता खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य डा. पुरुसोत्तम पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग