लन्डन । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ ।
रु दुई करोड पुरयाउने मुख्य लक्ष्यका साथ सुरु गरिएको उक्त कोषमा सहारा यूके र वुद्धिष्ट कमिटी सेन्टर यूकेद्वारा रु पांच लाख २५ हजार तथा सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हजार प्रदान गरिएको हो ।
सहारा क्लब पोखराद्वारा पोखरामा सोमबार आयोजित एक कार्यक्रममा सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गरे ।
राससका अनुसार, कार्यक्रममा सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको माध्यमबाट क्लबले कठिन परिस्थितिका बालकको शारीरिक एवम् मानसिक विकासका लागि एकेडेमी सञ्चालन गर्नु प्रशंसनीय भएको बताए ।
त्यस्तै, सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले क्लबले एकेडेमी सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताए ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यले देश विदेशमा रहेका सहयोगी मनका कारण नै एकेडेमी सञ्चालन गर्न सकिएको बताउंदै दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोष सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, क्लबका उपाध्यक्ष केशवबहादुर थापा, महासचिव केशव बराल, कुसाङ गुरुङलगायतले सहारा क्लबले सुरु गरेको अक्षयकोषबाट एकेडेमीको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा आहा रारा गोल्डकपका लागि द्वितीय पुरस्कारको प्रायोजन गरेका सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले रु दुई लाख ५१ हजारको चेक पनि हस्तान्तरण गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा